Connect with us

TOURISM

फेसन रनअवे मोडलको उपाधि एलिना र सन्दीपलाई

Published

on

फेसन रनअवे मोडल २०१८ का विजेता एलिना भुजू र सन्दीप थापा ।

भक्तपुर । भक्तपुरका एलिना भुजू र सन्दीप थापा मिस एण्ड मिस्टर फेसन रनअवे मोडल बनेका छन् ।
भक्तपुरका सूर्यविनायकस्थित राफेल इस्टिच्युट अफ फेसन एण्ड आर्टस् (रिफा) द्वारा आयोजित फेसन रनअवे मोडलस् २०१८ को उपाधि एलिना र सन्दीपले जितेका हुन् ।
विजेताद्वयले एभरेस्ट फिल्म एकेडेमीबाट एकलाख रुपैयाँ बराबरको छात्रवृत्ति, पोखरास्थित होटल पिनाकिनीमा तीनदिन र दुई रातको बसाइसँगै अन्य धेरै गिफ्ट ह्याम्पर जितेका छन् ।
सयजना युवायुवतीबीच भएको उक्त स्पर्धामा एलिना उत्कृष्ट १९ र १२ हुँदै उपाधि जित्न सफल भएकी हुन् भने सन्दीपले उत्कृष्ट आठ र पाँच हुँदै उपाधि हात पारेका हुन् । विजेता एलिना व्यक्तिगत विधातर्फ बेस्ट वल्कसमेत घोषित भएकी थिइन् । त्यस्तै सन्दीपले बेस्ट फोटोजेनिकको उपाधिसमेत हात पारे ।
उक्त स्पर्धामा युवतीतर्फ पूर्णिमा महर्जन फस्ट रनर अप र प्रियंका मानन्धर सेकेन्ड रनर अफ घोषित भए । त्यस्तै युवातर्फ विजेश जोशी फस्ट रनर अप र सञ्जीव चौधरी सेकेन्ड रनर अफ बन्न सफल भए ।
व्यक्तिगत विधामा मोस्ट पब्लिक च्वाइसमा युवतीतर्फ सचिना श्रेष्ठ र युवातर्फ हुकुमराज मगर घोषित भए । हुकुमराजले वेस्ट वल्कको अर्को व्यक्तिगत उपाधिसमेत जिते । मोस्ट इन्टेलिजेन्टको उपाधि युवतीतर्फ नीशा बराइली र युवातर्फ मन्दिप राईले जिते । नबस्रिना बासु बेस्ट फोटोजेनिक घोषित भइन् ।


करिब चालीस दिनको क्लोज क्याम्पपछि ग्राण्ड फिनालेको लागि युवतीतर्फ १९ र युवातर्फ आठ मोडल छनोट भएको रिफाका निर्देशक एलेक्स बासुकलाले जानकारी दिए ।
उनका अनुसार ग्राण्ड फिनालेका चार चरणमध्ये तीन चरणबाट युवतीतर्फ उत्कृष्ट १२ र युवातर्फ उत्कृष्ट पाँच मोडल छानिएको थियो । यसरी छानिएका मोडलहरुलाई अन्तिम चरणमा प्रश्नउत्तर चरणबाट विजेता, फस्ट र सेकेन्ड रनर अप घोषित गरिएको थियो ।
रोजन श्रेष्ठको कोरियोग्राफी रहेको फेसन रनअवे मोडलस्को निर्णायकहरुमा फेसन डिजाइनर रसना श्रेष्ठ, कोरियोग्राफर एवं मोडल शनिस शाक्य र मोडल फोटोग्राफरद्वय अभिषेकराज मास्के र सिलु जैन रहेका थिए ।
प्रतियोगी मोडलहरुको लुगाको डिजाइन भने रिफाका निर्देशक बासुकला र रिफाका विद्यार्थीहरुले गरेका थिए । त्यस्तै मोडलहरुको श्रृंगार रायन राय, पूजा श्रेष्ठ, नवीना गुरुङ, उर्मिला ज्याख्व, रेस्मा दुवाल, जापना राय र ज्योति खड्काले गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!