Connect with us

TOURISM

राष्ट्रपति भण्डारीसामु नाचे नवदुर्गा देवगण

Published

on

राष्ट्रपति विद्यादेवी भण्डारीसामु नवदुर्गा नाच प्रदर्शन गर्दै देवगण । तस्बिरहरु : बालकृष्ण बनमाला

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरको प्रसिद्ध एवं मौलिक गणनाच नवदुर्गा नाचका हेरेकी छन् ।
भक्तपुर उद्योग वाणिज्य संघले आफ्नो स्वर्ण जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीसामु नवदुर्गा नाच प्रदर्शन गरिदिएको हो । संघले भक्तपुर दरबार क्षेत्रस्थित जिल्ला जिल्ला प्रशासन कार्यालय परिसरमा नवदुर्गा देवगणको ‘द्य ब्वय्केगु’ (बलिसहित पूजाआजा र भोजन) को व्यवस्था गरेको थियो ।
सोही द्य ब्वय्केगुको अवसरमा देवगणले राष्ट्रपति भण्डारीसामु नवदुर्गा नाच प्रदर्शन गरेका हुन् ।
देवगणले दुईतीन वर्षअघिदेखि राष्ट्र प्रमुखसामु आफ्नो नाच प्रदर्शन गर्ने इच्छा व्यक्त गर्दै आएका थिए । विजया दशमीको कोजाग्रत पूर्णिमाको दिन राष्ट्र प्रमुख भक्तपुरको नवदुर्गा मन्दिर पुग्ने गर्छन् । सोही दिन देवगणले नाच प्रदर्शन गर्ने इच्छा व्यक्त गर्दै आएका थिए तर विविध कारणले देवगणको इच्छा पूरा हुन पाएको थिएन ।


शनिबार भने भक्तपुर उद्योग वाणिज्य संघले देवगणलाई राष्ट्र प्रमुखसामु नवदुर्गा नाच प्रदर्शन गर्ने अवसर जुराइदिएको हो ।
संघका अध्यक्ष रामप्रसाद प्रजापतिले संघको स्वर्ण जयन्तीको अवसरमा नवदुर्गा नाच देखाउने व्यवस्था गरिएको भनिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संघको निमन्त्रणा स्वीकार गरेको बताए ।


नवदुर्गा नाच हेरेवापत राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणहरुलाई एक हजार र पाँचसय दस रुपैयाँ दक्षिणा भएको दुइटा खाम दिएकी थिइन् । त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघको तर्फको थप एक हजार रुपैयाँ दक्षिणा भएको अर्को खाम दिइएको थियो ।
नवदुर्गा देवगणहरुले शनिबार नाच प्रदर्शन गरेवापत प्रतिव्यक्ति दुई हजार पाँचसय दस रुपैयाँ दक्षिणा पाएको जानकारी दिए ।
उक्त कार्यक्रमकै बीच नवदुर्गा नाचको संरक्षणको लागि २० लाख रुपैयाँको अक्षयकोष घोषणा गरिएको छ । उक्त अक्षयकोषमा जिल्ला समन्वय समिति भक्तपुरले १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघले पाँच लाख रुपैयाँ राख्ने संघका अध्यक्ष प्रजापतिले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!