Connect with us

TOURISM

बिस्का जात्रा शान्तिपूर्ण सम्पन्न गर्न विशेष कार्यदल गठन

Published

on

बिस्का जात्रासम्बन्धी भक्तपुर नपामा भएको सरोकारवालाहरुको भेलाका सहभागी । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विशेष कार्यदल गठन गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा उक्त विशेष कार्यदल गठन गरिएको हो ।
भक्तपुर नपाको सभाकक्षमा बुधबार भएको सरोकारवालाहरुको भेलाले उक्त कार्यदल गर्ने निर्णय गरेको छ । जसमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ र सशस्त्र प्रहरी उपरीक्षक पुरुषोत्तम थापा सदस्य रहेका छन् ।
त्यस्तै गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदी, नेपाल विद्युत प्राधिकरण भक्तपुरका प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका प्रमुख वीरेन्द्ररत्न शाक्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुरका प्रमुख पनि सदस्य रहेका छन् । बिस्का जात्रा सञ्चालन हुने भक्तपुर नगरपालिका वडा नम्बर ४ र ५ का वडा अध्यक्ष क्रमशः कुमार चवाल र प्रेमगोपाल कर्माचार्य, भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष न्हुछेराम भेले र भैरव नाइके माइला छुकांसमेत उक्त समितिका सदस्त रहेका छन् ।
भेलाले बिस्का जात्रासँग सरोकार राख्ने निकायहरुले गर्ने काम तथा जिम्मेवारीसमेत बाँडफाँट गरेको छ ।


भेलामा भक्तपुर नपाका प्रमुख प्रजापतिले आन्तरिक र बाह्य पर्यटकहरु पनि उपस्थित हुने बिस्का जात्रा सञ्चालनलाई मर्यादित बनाउन नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने विश्वास दिलाए ।
भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले बिस्का जात्राको व्यवस्थापन निकै चुनौती सँगसँगै अवसर भएको बताए ।
प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षहरुमा भएका कमजोरीहरुको निक्र्योल गरी संयुक्त समाधानमा लाग्नुपर्ने आह्वान गरे ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जात्रामा हुने विकृतिलाई हटाउँदै संस्कृति अगाडि लानुपर्ने र जात्राका हरेक गतिविधिलाई लिपिबद्ध गर्नुपर्ने आवश्यकता औंल्याए ।
गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले बिस्का जात्राका लागि अहिलेसम्म भएका कामको जानकारी दिँदै गुठी संस्थानले जात्रामा व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएको बताए ।
कार्यक्रममा भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, नेपाल विद्युत प्राधिकरण भक्तपुरका प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमुख वीरेन्द्ररत्न शाक्यलगायतले बिस्का जात्रा उज्यालोमै सकाउनुपर्ने धारणा राखे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!