Connect with us

TOURISM

व्यक्तिगत रुपमा नवदुर्गा देवगणलाई चढाइयो ‘सिजः टेप्पः’

Published

on

भक्तपुर नपा ५ का नारायणप्रसाद खाइतूले नवदुर्गा देवगणलाई चढाएको तामाको घ्याम्पो । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा गणनाचका १२ सदस्यलाई एकएक थान ‘सिजः टेप्पः’ (तामाको घ्याम्पो) चढाइएको छ ।
भक्तपुर नगरपालिका ५ घर भई हाल ८ वडा लिवाली बस्दै आएका नारायणप्रसाद खाइतूले नवदुर्गा देवगणलाई उक्त घ्याम्पो चढाएका हुन् ।
देवगणले नवदुर्गा नाच प्रदर्शन गर्दा लगाउने गरगहना, पोशाकलगायतका आफ्नो सरसामान सुरक्षित राख्न उक्त घ्याम्पो प्रयोग गर्दै आएका छन् । यसअघि मल्लकालीन घ्याम्पो जीर्ण भएपछि देवगणको मागअनुसार उक्त घ्याम्पो चढाएको भक्तजन खाइतूले सुनाए ।
आफू धर्मप्रति आस्था राख्ने भएकाले नवदुर्गा मन्दिरमा पूजाआजाको लागि जाँदा देवगणहरुले आफूहरुको गरगहना र पोशाक राख्ने घ्याम्पो जीर्ण भएको जानकारी पाएपछि आफूले त्यसको व्यवस्था गरिदिएको उनी बताउँछन् ।
उनका अनुसार करिब चार महिनाको तयारीपछि बुधबार नवदुर्गा देवगणलाई विधिवत ‘द्यः ब्वकेयेगू’ (पूजाआजा तथा भोजन) सँगै उक्त सिजः टेप्पः हस्तान्तरण गरिएको हो । प्रत्येक घ्याम्पोमा देवगणअनुसार उनीहरुको प्रतिमा र देवगणको नाम अंकित गरिएको छ ।
उनले नवदुर्गा देवगणअन्तर्गत महालक्ष्मी, गणेश, ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, दुम्हः (व्याघ्रिणी), महाकाली, भैरव र सिम्हःलाई एकएक थान घ्याम्पो हस्तान्तरण गरेका छन् ।
देवगणहरुका अनुसार पहिले उक्त घ्याम्पो माटोका थिए । माटोपछि काठको पनि घ्याम्पो देवगणलाई उपलब्ध गराइएको थियो । पछिल्लो मल्ल कालमा भने तामाको घ्याम्पोको व्यवस्था गरिएको नवदुर्गा देवगण सदस्य नारायणमान बनमालाले जानकारी दिए । उनले उक्त घ्याम्पो धेरैपटक मर्मत गरिएकाले जीर्ण अवस्थामा पुगेको सुनाए ।
उनका अनुसार उक्त घ्याम्पो भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा मन्दिर एवं द्योछें (देवघर) को भण्डारकोठामा राखिन्छ । नवदुर्गा देवगणले नाच प्रदर्शन र अन्य पूजा कार्यमा बाहेक गरगहना तथा पोशाक लगाउँदैनन् । उत्तः बेला देवगणको गरगहना र पोशाक यही घ्याम्पोको सुरक्षित गरिराख्ने प्रचलन रहेको देवगण सदस्य बनमालाले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!