Connect with us

SPORTS

नेपाली क्रिकेट टोली नेदरल्यान्ड्समा

Published

on

नेदरल्यान्ड्स पुगेको नेपाली क्रिकेट टोली ।

काठमाडौं । इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ ।
इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सकाएर नेपाली टोली नेदरल्यान्ड्सको आम्सटर्डम पुगेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एक दिवसीय क्रिकेट खेलमा ‘डेब्यु’ गर्दैछ ।
नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार दुइटा खेलको शृंखला खेल्दै नेपालले ऐतिहासिक फड्को मार्न लागेको हो । दुवै खेल नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा हुनेछ ।
नेपालले गत चैत १ गते एकदिवसीय मान्यता पाएको थियो । जिम्बावेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत छनोट प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर नेपालले आगामी चार वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको हो ।
नेपालले सन् २०१६ पछि पहिलोपटक नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो । त्यतिबेला विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत भएका दुई खेलमध्ये नेपाल एकमा विजयी तथा एकमा पराजित भएको थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!