Connect with us

SPORTS

फ्रान्स दोस्रोपटक बन्यो विश्व च्याम्पियन

Published

on

विश्व विजेता फ्रान्सका खेलाडी ।

काठमाडौं । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आइतबार भएको खेलमा क्रोएसियालाई ४–२ गोलले हराउँदै उपाधि जितेर फ्रान्स विश्व च्याम्पियन बन्न सफल भएको हो ।
खेलको पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लिएको थियो । भीएआर रिभ्यूमा पेनाल्टी पाएपछि ग्रिजम्यानले गोल गरे ।
खेलको १९ औं मिनेटमा मारियो मान्जुकिजले आत्मघाती गोल गर्दा फ्रान्सले अग्रता लिएको थियो । तर १० मिनेट बित्न नपाउँदै क्रोएसियाको लागि पेरिसिकले बराबरी गोल फर्काए ।
खेलको ५९ आंै मिनेटमा पोग्बाले एक गोल थपे । त्यस्तै खेलको ६५ औं मिनेटमा क्यालियन एम्बापेले गोल गर्दै फ्रान्सको जीत सुनिश्चित गरेका थिए ।
क्रोएसियाका मारियो म्यान्जुकिसले ६९ औं मिनेटमा गोल फर्काए पनि खेल फर्काउन पर्याप्त भएन ।
फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको थियो । फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा इटालीसँग पराजित भएको थियो ।
उता क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो । सन् १९९८ को विश्वकपमा पहिलोपटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो ।

बेल्जियम तेस्रो स्थानमा

इङ्गल्याण्डलाई हराउँदै बेल्जियमले विश्वकप फुटबलमा तेस्रो स्थान लिएको छ । शुक्रबार भएको खेलमा बेल्जियम २–० ले विजयी भयो । खेलको चौथो मिनेटमै बेल्जियमले अग्रता लिएको थियो ।
नासिर चाड्लीको पासमा थोमस मुनिएरले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन् । ८२ औं मिनेटमा एडिन हाजार्डले एक गोल थप्दै बेल्जियमको जीत पक्का गरेका थिए ।
केभिन डे ब्रायनको पासमा हाजार्डले उक्त गोल गरेका हुन् । जितसँगै बेल्जियम पहिलो पटक विश्वकप फुटबलमा तेस्रो भएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!