Connect with us

SPORTS

क्रोएसिया र फ्रान्स विश्वकप फुटबलको फाइनलमा

Published

on

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको फाइनलमा क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । बुधबार राती भएको अन्तिम सेमिफाइनलमा क्रोएसियाले इङ्गल्याण्डलाई हराएसँगै फाइनल पुग्ने दुई टोली निश्चित भएको हो ।
रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा बुधबार राति भएको सेमिफाइनलमा क्रोएसियाले इङ्गल्याण्डलाई अतिरिक्त समयमा २–१ ले हराएको थियो ।
खेलको पाँचौं मिनेटमै इङ्गल्याण्डले अग्रता लिएको थियो । डि एरिया नजिक पाएको फ्रि किकलाई किरण ट्रिपियरले गोलमा परिणत गरेका थिए ।


दोस्रो हाफको ६८ औं मिनेटमा सिमे भ्रसाल्कोको पासमा ईभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए ।
निधारित ९० मिनेटको समयमा थप गोल हुन नसकेपछि आधा घन्टा अतिरिक्त समय थप गरिएको थियो । उक्त समय सकिन ११ मिनेट बाँकी छँदा क्रोएसियाले एक गोल थप्दै आफ्नो जीत सुनिश्चित गरेको थियो । क्रोएसियाको लागि ईभा पेरिसिचको पासमा भेट्रान स्ट्राइकर मारियो मान्डुकिचले निर्णायक गोल गरेका हुन् । क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ । उसले अब उपाधिका लागि आइतबार फ्रान्सको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तेस्रो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० ले पन्छाएको थियो ।


खेलको दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सका एन्टोनियो ग्रेजम्यानको कर्नर प्रहारमा डिफेन्डर स्यामुएल उम्टीटीले निर्णायक गोल गरेका थिए ।
उम्टीटीको हेडर बेल्जियमका खेलाडी मराउने फेलियानीलाई ठोक्किंदै जाली चुम्न पुगे पनि यो गोल उम्टीटीकै नाममा रहन गएको हो ।
फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको फाइनलमा पुगेको फ्रान्स इटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।
त्यस्तै १९९८ मा आफ्नै देशमा आयोजित विश्वकप फुटबलमा भने फाइनलमा ब्राजिललाई हराउँदै फ्रान्सले उपाधि जितेको थियो । फ्रान्स यसपटक विश्वकप फुटबलको दोस्रो उपाधिको खोजीमा छ ।
सेमिफाइनलमा पराजित इङ्गल्याण्ड र बेल्जियमले तेस्रो स्थानका लागि शनिबार खेल्नेछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!