Connect with us

SPORTS

विश्वकप फुटबल : शुक्रबार र शनिबार क्वार्टरफाइनल

Published

on

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण तय भएको हो ।
क्वार्टरफाइनल खेल शुक्रबार र शनिबार हुनेछन् । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछन् । सोही दिन राती पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । यी दुई खेलको विजेता टोली सेमिफाइनलमा भिड्नेछन् ।
यसैगरी शनिबार बेलुकी पौने ८ बजे स्विडेन र इङ्गल्याण्ड भिड्दा राती पौने १२ बजे रुस र क्रोएसियाको खेल हुनेछन् । यी दुई खेलको विजेता टोली सेमिफाइनलमा आमनेसामने हुनेछन् ।
खेल तालिका अनुसार उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियममध्ये एउटा टोली फाइनलमा पुग्नेछ । त्यस्तै इङ्गल्याण्ड, स्विडेन, रुस र क्रोएसियामध्ये एक टोली फाइनलमा जानेछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!