Connect with us

SPORTS

काठमाडौं र ललितपुर महानगरको विजयी सुरुवात

Avatar

Published

on

भक्तपुर नपाद्वारा आयोजित अन्तरनगर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें । तस्बिर : इन डेप्थ

भक्तपुर । काठमाडौं र ललितपुर महानगरपालिकाले भक्तपुरमा सुरु भएको अन्तरनगरपालिका बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत काठमाडौं महानगरले तारकेश्वर नपालाई पराजित गरेको हो ।
स्वीस लिगअनुसार ७ राउण्डमा सञ्चालित प्रतियोगिताको पहिलो राउन्डमा काठमाडौं महानगरका केशव श्रेष्ठ, नवीन तण्डुकार र राजेन्द्र बज्राचार्यले जीत दर्ता गरेका थिए । काठमाडौंका रीजेन्द्र राजभण्डारी भने तारकेश्वरमा १२ वर्षीय पुरुषोत्तम सिलवालसँग बराबरीमा रोकिए ।
त्यस्तै ललितपुर महानगरले सुदूर पश्चिमको गोदावरी नगरपालिकालाई ४-१ अंकले हरायो । ललितपुरका सजिन महर्जन, बद्रीलाल नेपाली, विमललाल श्रेष्ठ र सरोज महर्जनले जीत दर्ता गरेका हुन् ।
काठमाडौंको गोकर्णेश्वर नपाले पोखरा महानगरपालिकालाई ३-१ ले हराएको छ । गोकर्णेश्वरका पुण्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ र भगवती शर्माले जित्दा राजभक्त कक्षपती पोखरा महानगरका रामबहादुर क्षेत्रीसित पराजित भए ।
दोलखाको भीमेश्वर नपाले भक्तपुरको सूर्यविनायक नपालाई ३-१ ले हरायो । झापाको दमक नपाले काभ्रेका बनेपा नपालाई ४-० ले माथ खुवायो ।
चारदिनसम्म चल्ने प्रतियोगितामा देशभरका २२ वटा नगरपालिकाको सहभागिता रहेको आयोजक भक्तपुर नपाले जनाएको छ ।
प्रतिनपा ५–५ जना खेलाडीको टीमगत प्रतियोगिताको शनिबार एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!