Connect with us

SPORTS

जोशी स्मृति बुद्धिचाल सुरु

Avatar

Published

on

स्व.नारायणकृष्ण जो स्मृति खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्टका भिड्दै बुद्धिचाल खेलाडी । तस्बिर : इन डेप्थ

ललितपुर । नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायणकृष्ण जोशीको १३औं दिनको पुण्य स्मृतिमा खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट आइतबारदेखि सुरु भएको छ ।
लुँखुसी ललितपरस्थित श्रमजीत किशोर माविमा सञ्चालित प्रतियोगिताको पहिलो दिन ३ चरणका खेल भए । जसमा पूर्वनेपाल च्याम्पियनद्वय फिडेमास्टर मनिष हमाल, सुरवीर लामासहित मिलन लामा, सजिन महर्जन, युवराज पौडेल र माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका क्षितिज भण्डारी समान ३ अंकका साथ संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन् ।
ललितपुर स्पोर्टस क्लवद्वारा आयोजित प्रतियोगितामा स्वीस लिगअन्तर्गत ९ चरणका खेल हुनेछन् । दुई दिने खेलमा उत्कृष्ट २५ जनाको लागि कूल ८५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसमा विजेता खेलाडीले नगद १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा १२ जिल्लाबाट ६७ जना खेलाडीहरु सहभागी छन् । विजयी तथा सहभागीहरुलाई सोमबार नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!