Connect with us

SPORTS

सेमिफाइनलको समीकरण पूरा

Avatar

Published

on

अन्तरविद्यालय भलिबल प्रतियोगितामा भिड्दै खेलाडी । तस्बिर : इन डेप्थ

प्रथम सैनिक अन्तरविद्यालय पुरुष भलिबल

भक्तपुर । आयोजक सैनिक, पद्म, स्प्रिंगडेल र नवदुर्गा कलेज भक्तपुरमा जारी प्रथम सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार भएका क्वार्टरफाइनलका खेलमा जीत दर्ता गर्दै सैनिक, पद्म, स्प्रिंगडेल र नवदुर्गा कलेज सेमिफाइनल पुग्न सफल भएका हुन् ।
आयोजक सैनिकले ख्वप माविलाई २५–९ र २५–२१ को सोझा सेटमा पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्यस्तै पद्म माविले रिपुमर्दिनी स्कुलाई २५–१६ र २५–१६ तथा स्प्रिंगडेल स्कुलले नेपाल प्रहरी स्कुललाई २५–१३ र २५–१९ को सोझो सेटमा हराएर सेमिफाइनलको यात्रा निश्चित गरे ।
बिहीबार नै भएको अर्को क्वार्टरफाइनलमा नवदुर्गा कलेजले आदर्श जनप्रेमी २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।
प्रतियोगिताअन्तर्गत शनिबार आयोजक सैनिक र स्प्रिंगडेल तथा पद्म र नवदुर्गाबीच सेमिफाइनलका खेल हुने आयोजक सैनिक स्कुलका खेलकुद संयोजक रणजीत राणाले जानकारी दिए ।
काठमाडौं उपत्यकासँगै काभ्रेका गरी नौ विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद हात पार्नेछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM