Connect with us

SPORTS

उपत्यकाव्यापी करातेको उपाधि भक्तपुर नपा डोजोद्वारा कब्जा

Published

on

उपत्यकाव्यापी सितेरियो कराते प्रतियोगितामा प्रथम भएको भक्तपुर नगरपालिका डोजोका खेलाडी तथा कोच । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर नगरपालिका डोजोले दोस्रो उपत्यकास्तरीय तथा आमन्त्रण सितेरियो कराते प्रतियोगिताको उपाधि जितेको छ ।
सितेरियो कराते संघ विद्या आर्जन शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको सोमबार भएको फाइनलमा ६ स्वर्ण र दुई कास्य पदकसहित भक्तपुर नगरपालिका डोजो पहिलो भएको हो ।
कूल २२ स्वर्ण पदकको लागि भएको सितेरियो करातेतर्फ तीन स्वर्ण र तीन रजत पदक जितेको ठिमी डोजो दोस्रो भयो । त्यस्तै तीनवटै स्वर्ण र २ रजत तथा पाँच कास्य पदक जितेको भक्तपुर मेन डोजो तेस्रो स्थानमा रह्यो ।
प्रतियोगितामा बेथानचोक, झौखेल र काभ्रे डोजाले दुईदुई तथा रामेछाप, सिन्धुपाल्चोक र सर्लाही डोजोले एकएकवटा स्वर्ण पदक जितेको प्रतियोगिताका रेफ्री संयोजक राजेन्द्रप्रसाद कपालीले जानकारी दिए ।
उनका अनुसार विद्यालयतर्फ हिमशिखर च्याम्पियन हुँदा विद्या आर्जन र समता स्कुल क्रमशः दोस्रो र तेस्रो भए ।
प्रतियोगिताको कुमितेको महिलातर्फ रामेछाप डोजोबाट ५५ केजी तौल समूहमा स्वर्ण पदक विजेता शर्मिला माझी र पुरुषतर्फ ठिमी डोजोबाट २५ केजी तौल समूहका स्वर्ण पदक विजेता रुपेश थापा उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै किक बक्सिङको महिलातर्फ भक्तपुर किक बक्सिङ क्लवका शर्मिला लामा र पुरुषतर्फ भक्तपुर मेन डोजोका सिरुभ भुजू उत्कृष्ट घोषित भए ।
प्रतियोगिताका विजेता डोजो तथा खेलाडीहरुलाई तामाङ कलाकार संघका अध्यक्ष बिकु थोकर, वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलगायतले शिल्ड, पदक तथा प्रमाणपत्रले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको उद्घाटन भने नेपाल कराते महासंघका अध्यक्ष दावा शेर्पाले गरेका थिए ।
आयोजक सितेरियो कराते संघ विद्या आर्जन शाखा डोजोका अध्यक्ष सूर्यबहादुर लामाले दुई दिन भएको प्रतियोगितामा १४ वटा डोजोका तीनसय ८४ खेलाडीहरुको सहभागिता रहेको जानकारी दिए । जसअनुसार पुरुष दुई सय ८८ र ९६ जना महिला खेलाडीहरु रहेको उनको भनाइ थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!