Connect with us

SPORTS

भक्तपुर डिलाइट र रियललाई महत्वपूर्ण ३ अंक

Published

on

भक्तपुर । भक्तपुर डिलाइट र रियल फुटबल क्लवले भक्तपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा जीत दर्ता गरेका छन् ।
भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार भएको लिगमा समूह ‘ख’ को भक्तपुर डिलाइटले भक्तपुर युथ क्लवलाई ५–० गोलले हराएको हो । भक्तपुर डिलाइटको लागि विवेक कवांले ह्याट्रिक पूरा गरे । उनले खेलको ५१ औं, ५५ औं र ६३ औं मिनेटमा लागातार तीन गोल गरेका हुन् । जसको फलस्वरुप कवां उक्त स्पर्धाको म्यान अफ द म्याचसमेत बन्न सफल भए ।
त्यस्तै विजय बोहराले खेलको २० औं र ७६ औं मिनेटमा गरी दुई गोल गरे ।
समूह ‘ग’ को लिगमा रियल फुटबल क्लवले स्वीट सर्कल क्लवलाई १–इ गोलले हराएको छ । उक्त स्पर्धामा रियलका सुनिश श्रेष्ठले खेलको २५ औं मिनेटमा गरेको एकमात्रै गोल निर्णायक सावित भयो । उक्त स्पर्धामा रियलका गोलरक्षक पुजन राजबाहक म्यान अफ द म्याच बन्न सफल भए ।
भक्तपुर नपा ७ स्थित माहेश्वरी खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘क’ का सिद्धि गणेश र ख्वप युनाइटेड तथा वासुकी युवा क्लव र नेपालय आमनेसामने हुनेछन् । यस समूहका सिद्धि गणेश र नेपालयको चारचार अंक रहेको छ । वासुकीको तीन अंक रहेको छ भने ख्वप युनाइटेड अंकविहीन रहेको छ । जसअनुसार सिद्धि गणेश र नेपालयलाई सेमिफाइनलमा पुग्न बराबरी नै काफी छ भने वासुकीलाई जीत अनिवार्य रहेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!