Connect with us

SPORTS

सिद्धि गणेश र नेपालय बराबरीमा रोकिए

Published

on

भक्तपुरमा जारी जिल्लास्तरीय लिग फुटबलमा बलको लागि प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : इन डेप्थ

भक्तपुर । सिद्धि गणेश खेलकुद समिति र नेपालय फुटबल क्लव भक्तपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा नजिक पुगेका छन् ।
भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार भएको समूह ‘क’ को लिगमा बराबरी खेल्दै सिद्धि गणेश र नेपालय अन्तिम चार नजिक पुगेका हुन् ।
यसअघि दुवै टीमले एकएक खेल जितिसकेका छन् । उक्त स्पर्धामा नेपालयका गोल रक्षक अनिश थापा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै समूह ‘क’ कै वासुकी युवा क्लव र ख्वप युनाइटेड फुटबल क्लवबीचको खेलमा वासुकी ३–० गोलले जित्यो । उसको लागि समीर श्रेष्ठले दुई र शेरबहादुर घर्तीमगरले एक गोल गरे ।
उक्त स्पर्धामा वासुकीका समीर श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । यसअघि सिद्धि गणेशसँग पराजित वासुकीले शनिबारको खेलमा जीत निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई जिवित राखेको छ । उसले सोमबार नेपालयसँग अन्तिम खेल खेल्नेछ । उक्त खेलमा जीत दर्ता गर्ने क्लवले सेमिफाइनलको यात्रा तय गर्नेछ । जसअनुसार नेपाललाई बराबरीमात्रै गरे पुग्छ भने वासुकीलाई जित्नैपर्ने दबाब छ ।
ख्वप युनाइटेडले भने सिद्धि गणेशको सामना गर्न बाँकी छ । शनिबारसम्मको स्पर्धाअनुसार उक्त समूहमा सिद्धि गणेश बलियो र ख्वप युनाइटेड कमजोर टीम देखिएको छ ।
भक्तपुर नपा ७ स्थित माहेश्वरी खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार समूह ‘ख’ भक्तपुर डिलाइट र भक्तपुर युवा टीम तथा समूह ‘ग’ का रियल फुटबल क्लव र स्वीट सर्कल आमनेसामने हुनेछन् ।
समूह ‘ख’ को भक्तपुर डिलाइटले शुक्रबार भक्तपुर नपा प्रशिक्षण केन्द्रसँग बराबरी खेलेको थियो । जसअनुसार आइतबार हुने खेलमा बराबरीमात्रै गरे पनि भक्तपुर डिलाइट सेमिफाइनल पुग्न सफल हुनेछ । भक्तपुर युवा टीमको लागि भने सेमिफाइनलमा पुग्न आइतबार जीत नै निकाल्नुपर्नेछ ।
त्यस्तै समूह ‘ग’ को रियल पहिलो खेलमा भक्तपुर युथ फुटबल क्लवसँग पराजित भएको थियो । स्वीट क्लवको भने यो पहिलो खेल हो ।
जिल्ला लिगको विजेता प्रदेशस्तरमा हुने लिग प्रतियोगिताको लागि सीधै छनोट हुनेछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!