Connect with us

SPORTS

आयोजक सैनिक क्वार्टरफाइनलमा

Avatar

Published

on

फाइल तस्बिर

भक्तपुर । आयोजक सैनिक आवासीय महाविद्यालय भक्तपुरमा जारी अठारौं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको खेल मैदानमा शनिबार भएको खेलमा आयोजक सैनिकको ए टीम राजन मेमोरियलबाट वाकओभर पाएर प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । समूह ए को सैनिक ए टीमले यसअघि एक खेलमा जीत दर्ता गरेको थियो । राजन मेमोरियल भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । आइतबार सैनिकले नेपाली सेनाकै स्कुल रिपुमर्दिनीको सामना गर्नेछ ।
त्यस्तै शनिबार नै भएको समूह बी तर्फ आयोजक सैनिकको बी टीम र साइपाल एकेडेमीले १–१ गोलको बराबरी खेलेका छन् । उक्त स्पर्धामा सैनिक बीले साइपाललाई खेलको २८ औं मिनेटमै आत्मघाती गोलमार्फत एक गोल उपहार दिएको थियो ।
यसअघि सैनिकका लागि सचिन श्रेष्ठले खेलको १८ औं मिनेटका गोल गरेर अग्रता दिलाएका थिए ।
शनिबार नै भएको समूह सीको खेलमा जेम्स स्कुलले डीएभीलाई १–० गोलले हराएको छ । जेम्सको लागि राज अग्रहरीले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । लगातार तीन खेल हारेको डीएभी प्रतियोगिताबा बाहिरिसकेको छ । एक खेलमा जीत र एक खेलमा पराजय भोगेको जेम्सको क्वार्टरफाइनल पुग्ने सम्भावना भने बाँकी छ । उसले सोमबार काठमाडौं भ्यालीको सामना गर्नेछ ।
त्यस्तै समूह डीको खेलमा बुढानिलकण्ठले अरुनिमा स्कुलमाथि २–० गोलको जीत हासिल गरेको छ । बुढानिलकण्ठको लागि निराजन यादव र विकास श्रेष्ठले एकएक गोल गरे । यस समूहबाट लगातार तीन खेलमा हार व्यहोरेको अरुनिमा बाहिरिएको छ । पहिलो खेलमा भ्याली पब्लिकसँग बराबरी खेलको बुढानिलकण्ठको क्वार्टरफाइनल पुग्ने सम्भावना भने जीवितै छ । उसले सोमबार लिटिल एञ्जेल्ससँग अन्तिम लिग खेल खेल्नेछ ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १४ स्कुलको सहभागिता रहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!