Connect with us

SPORTS

नेपाल प्रहरी स्कुल क्वार्टरफाइनलमा

Avatar

Published

on

अठारौं अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगितामा शुक्रबार बल लिने प्रयास गर्दै खेलाडी । तस्बिर : इन डेप्थ

भक्तपुर । काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुल भक्तपुरमा जारी अठारौं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको आयोजनामा भएको प्रतियोगितामा शुक्रबार जेम्स स्कुललाई १–० गोलले हराउँदै नेपाल प्रहरीले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
समूह सीका लिग चरणका खेलमा नेपाल प्रहरीका लागि नरेन्द्र परियारले निर्णायक गोल गरेका थिए ।
त्यस्तै शुक्रबार भएको अर्को खेलमा नेपाली सेनाको रिपुमर्दिनी स्कुलले राजन मेमोरियल स्कुललाई ३–० गोलले पराजित गरेको छ । रिपुमर्दिनीको लागि अनिश नेपालीले दुई र सुविन थापा एक गोलको योगदान दिएका थिए ।
समूह ए मा रहेको राजन मेमोरियल लगातार दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।
यसैगरी समूह डीको लिग चरणको खेलमा भ्याली पब्लिकले अरुनिमा स्कुलमाथि १–० गोलको जीत निकालेको छ । भ्याली पब्लिकको लागि दीपक राईले गोल गरेका थिए । अरुनिमा स्कुल पनि लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा बुढानिलकण्ठसँग बराबरी खेलेको भ्याली पब्लिकको भने क्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ । उसले लिग चरणको अन्तिम खेल लिटिल एञ्जेल्ससँग खेल्ने छ ।
प्रतियोगितामा काभ्रेसहित काठमाडौं उपत्यका १४ वटा स्कुलका १५ वटा टीमको सहभागिता रहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!