Connect with us

SPORTS

आयोजक सैनिक र साइपाल क्वार्टरफाइनलमा

Published

on

अठारौं अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगितामा बलको लागि घम्साघम्सी गर्दै लिटिल एञ्जेल्स र अरुनिमाका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । आयोजक सैनिक महाविद्यालय र साइपाल एकेडेमी भक्तपुरमा जारी अठारौं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।
भक्तपुरको सिल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको आयोजनामा भएको प्रतियोगितामा बिहीबार ईपीएसलाई २–० गोलले हराउँदै साइपला एकेडेमी अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
साइपालको जीतको लागि सुरज सिलवाल र पेम्बा डोर्जे लामाले एकएक गोलको योगदान दिएका थिए । समूह चरणको दुई खेलमा पराजय भोगेको ईपीएस प्रतियोगिताबाटै बाहिरिएको छ । उक्त समूहबाट आयोजक सैनिक महाविद्यालयको बी टीम पनि क्वार्टरफाइनलमा पुगेको छ । उक्त समूहको अन्तिम लिगमा सैनिक बी र साइपाल आमनेसामने हुनेछन् । उक्त स्पर्धामा विजयी स्कुल समूह विजेता र पराजित स्कुल उपविजेता बन्नेछन् ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा त्रियोग स्कुलले राजन मेमोरियललाई ५–२ गोलले हराएको छ । त्रियोगका लागि सूर्यमान गुरुङले दुई र रुजल श्रेष्ठ, आयुष दुरा र श्रीष बस्ताकोटीले एकएक गोल गरेका थिए ।
राजन मेमोरियलको लागि भने सौगात केसी र विक्रान्त सिंहले एकएक सान्त्वाना गोल गरे ।
समूह चरणकै अर्को खेलमा काठमाडौं भ्यालीले डीएभीमाथि ४–३ गोलको जीत निकालेको छ । काठमाडौं भ्यालीसँग पराजित भएसँगै डीएभी पनि प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । डीएभी पहिलो खेलमा नेपाल प्रहरीसँग पराजित भएको थियो ।
बिहीबार काठमाडौं भ्यालीलाई जिताउन अमित थापाले दुई र चन्द्र तामाङले एक गोल गरेका थिए । एक गोल भने डीएभीको तर्फबाट आत्मघाती गोल भएको थियो । डीएभीका लागि प्रज्ज्वल देउजाले दुई र सुमित थापाले एक गोल गरे ।
बिहीबार भएको अन्तिम खेलमा लिटिल एञ्जेल्सले अरुनिमालाई ६–० को भारी गोल अन्तरले हरायो । लिटिल एञ्जेल्सका लागि विशन पुनले ह्याट्रिक पूरा गरे । वसन्त दुराले पेनाल्टीमार्फत दुई गोल गर्दा मुनाल थापाले एक गोल थपे ।
प्रतियोगितामा काभ्रेसहित काठमाडौं उपत्यका १४ वटा स्कुलका १५ वटा टीमको सहभागिता रहेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!