Connect with us

SPORTS

२० खेलका ३८ खेलाडी उत्कृष्ट घोषित

Published

on

२०७५ सालमा प्राप्त पदकका आधारमा वर्ष खेलाडी घोषित भई सम्मानित भक्तपुुरका खेलाडीहरु । फोटो : इन डेप्थ

भक्तपुर । भक्तपुर नगरपालिकाले २० वटा खेल विधाका एक महिला र एक पुरुष गरी ४० जना खेलाडीहरुलाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ ।
२०७५ सालमा भएका प्रतियोगितामा सहभागी भई पदक जितेको आधारमा भक्तपुर नपाले उनीहरुलाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो ।
यसरी सम्मानित हुने उत्कृष्ट खेलाडीहरुमा टेबलटेनिसमा रेखाङ तामाङ र दीया देउला, ब्याडमिन्टनमा प्रज्ज्वल खत्री र रमा मातां, बास्केटबलमा मनोजराज राजोपाध्याय र आयुषा नायभारी तथा कसिमला पायँमा मनिष तोलांगे र कृषा नागा रहेका छन् ।
त्यस्तै कबड्डीमा अजय मानन्धर र इसुदा गिरी, सितेरियो करातेमा सुन्दर तामाङ र सरिता तामाङ, किक बक्सिङमा प्रकाशकुमार विष्ट र पद्मा सम्भवी तामाङ, खो खोमा रोहन सुवाल र तृष्णा सिलाकार उत्कृष्ट घोषित भए ।
पोर्टबलमा सञ्जीव तामाङ र प्रशन्ना सुजखू, बक्सिङमा सुजन पौडेल र अस्मिता दुवाल, जिम्न्यास्टिकमा प्राञ्जल थापामगर र तारा सिवाकोटी, एथलेटिक्समा क्रिजल धुख्वा र स्वागता खाइजू वर्ष खेलाडी बने ।
भलिबलमा दुर्गाबहादुर सुनार र मञ्जु लागेजू, बुद्धिचालमा निकेन कुसाथा र अंशुदिल प्रजापति, उसुमा क्रान्ति लामा र लुमन्ती श्रेष्ठ, शारीरिक सुगठनमा प्रवेश श्रेष्ठ, लनटेनिसमा कृष्णगोविन्द कासुला उत्कृष्ट घोषित भए । शारीरिक सुगठन र लनटेनिसमा भने महिला खेलाडी उत्कृष्ट घोषित भएनन् ।
त्यस्तै फुटबलमा किशोर सुवाल र करुणा परियार, पावर लिफ्टिङमा राजेश सुवाल र पार्वती खड्का तथा तेक्वान्दोमा किरण सितिखू र रीता मुस्याख्व उत्कृष्ट खेलाडी घोषित भई सम्मानित भए ।
उत्कृष्ट वर्ष खेलाडी घोषित खेलाडीहरुलाई भक्तपुर नपाले शुक्रबार एक कार्यक्रम गरी सम्मान गरेको हो । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेका थिए ।
त्यस्तै उनले उत्कृष्ट खेलाडी तयार गर्न निर्णायकको भूमिका निभाउने प्रशिक्षकहरुलाई समेत सम्मान गरेका थिए ।
जसमा एथ्लेटिक्सतर्फ आशाराम गोथे, टेबलटेनिसमा सुमेध प्रधान, विकास ख्याजू र सुशान्त नायजु, शारीरिक सुगठनतर्फ गणेशप्रसाद सुवाल, विष्णुबहादुर मानन्धर, श्याम लाखा, बाबुकाजी मानन्धर, अशोक घजू र जोन्सन जोन्छे सम्मानित भए ।
त्यस्तै तेक्वान्दोतर्फ रामबहादुर क्षेत्री, सुजन तामाङ, सरोज लवजू र राजेश कुसी, फुटबलतर्फ वीना नवाछें श्रेष्ठ, बुद्धिचालमा राजकुमार लघू, इन्द्रभक्त पञ्च, पूर्णसुन्दर श्रेष्ठ, शिवसुन्दर श्रेष्ठ र सुमन जोशी तथा कबड्डीमा अनिष सुवाल पनि सम्मानित भए ।
त्यसैगरी प्रशिक्षक कोर्ष उत्तीर्ण प्रशिक्षकहरु सुन्दर प्रजापति (पेन्टाथलन), रुपेशकुमार विष्ट (भलिबल), लक्ष्मी बन (भारात्तोलन) र पद्मा खयरगोली (क्योकुसिन) लाई पनि सम्मान गरिएको थियो ।
तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने स्थानीय खेलाडीहरु सोफिया त्यात, प्राची किबानायो, सुन्दर सुवाल, अर्वित सितिखु र कैलाशभक्त तजलाई पनि सम्मान गरिएको थियो ।
उक्त अवसरमा अध्यक्ष बिजुक्छेले खेलाडीहरुलाई अनुशासित रुपमा खेल खेल्दै युग सुहाउँदो प्रतिस्पर्धी खेलाडीको रुपमा आफूलाई विकास गर्न सुझाव दिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न खेलकुदलाई प्राथमिकता दिँदै आएको जानकारी दिए ।
भक्तपुर नपाले प्रत्येक वर्ष उत्कृष्ट खेलाडी, प्रशिक्षक, निर्णायक कोर्ष पूरा गरेका तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै आएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!