Connect with us

SPORTS

गंगाराम गोर्खाली बने पहिलो मिस्टर मध्यपुर

Published

on

प्रथम मिस्टर मध्यपुर हुन सफल गंगाराम गोर्खालीलाई पुरस्कृत गर्दै मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । द पावर एरोबिक्स एण्ड फिजिकल फिटनेसका गंगाराम गोर्खाली प्रथम मिस्टर मध्यपुर हुन सफल भएका छन् ।
मध्यपुर थिमि नगरपालिकाव्यापी प्रथम मिस्टर मध्यपुर मेयर कप शारीरिक सुगठन प्रतियोगितामा उत्कृष्ट तीन शारीरिक सुगठकहरुलाई पछि पार्दै गोर्खालीले उपाधि उचालेको हो ।
मध्यपुर शारीरिक सुगठन तथा फिटनेस समितिद्वारा आयोजित प्रतियोगिताको ६५ केजीभन्दा माथिको तौल समूहका स्वर्ण पदक विजेता गोर्खाली अरु तीन तौल समूहका स्वर्ण पदकधारीहरुलाई हराउँदै प्रथम मिस्टर मध्यपुर हुन सफल भए । उनले उपाधिसँगै २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
अल्टिमेट फिजिकल फिटनेसका नितेश श्रेष्ठ उपविजेता बन्दै २० हजार रुपैयाँ नगद पुरस्कार पाए । उनी ६० केजी तौल समूहको स्पर्धामा पहिलो भई ग्राण्ड फिनाले पुगेका थिए । उनले बेस्ट पोजरको उपाधिसमेत पाए ।
त्यस्तै ५५ केजी तौल समूहका विजेता सुरेश श्रेष्ठ तेस्रो र ६५ केजी तौल समूहका स्वर्ण पदकधारी योङजोर कार्की चौथो भए । मध्यपुर भीआर फिटनेसका श्रेष्ठ र अल्टिमेटका कार्कीले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।


प्रतियोगिताका विजेतालगायतलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पदक, शिल्ड र नगद पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २३ जना शारीरिक सुगठनका खेलाडीहरुको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष अशोक घजूले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!