Connect with us

SPORTS

भक्तपुरबाट कृष्णगोविन्द कासुला छनोट

Published

on

भक्तपुर । आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत लङ टेनिसको लागि भक्तपुरका कृष्णगोविन्द कासुला छनोट भएका छन् ।
प्रदेश नम्बर ३ स्तरीय छनोट प्रतियोगितामा जीत दर्ता गरी उनी राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएका हुन् ।
भक्तपुर जिल्ला लङ टेनिस संघका सदस्य रविनारायण कायस्थले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी भक्तपुरका तीन खेलाडीमध्ये कासुलामात्रै सफल भएको जानकारी दिए ।
उनका अनुसार भक्तपुरबाट कासुलासँगै विनय बतासे र छविलाल राउतले प्रदेशस्तरमा प्रतिस्पर्धा गरेका थिए । प्रदेश ३ बाट राष्ट्रिय प्रतियोगिताको लागि ५÷५ जना पुरुष तथा महिला खेलाडी छनोट गरिएको हो ।
राष्ट्रिय प्रतियोगिता रुपन्देहीको बुटवलमा हुँदैछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!