Connect with us

SPORTS

दोस्रो सुटर्स कपमा शुक्रबार सेमिफाइनल स्पर्धा

Published

on

दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार बलको लागि घम्साघम्सी गर्दै आयोजक सुटर्स र म्यानचेस्टर युनाइटेडका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । आयोजक सुटर्स टीम, माउन्ट भ्याली र प्लानिङ ब्वाइज र भक्तपुर जिल्ला फुटबल क्लव एसोसियसन (बीडीएफसीए) भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
भक्तपुरको माहेश्वरी खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको क्वार्टरफाइनलमा आयोजक सुटर्सले म्यानचेस्टर युनाइटेड फुटबल क्लव नेपाललाई सडेन डेथमा ६–५ गोलले पन्छाएको हो ।
निर्धारित ७० मिनेटको खेलमा एकएक गोलको बराबरी खेलका सुटर्स र म्यानचेस्टरले पेनाल्टी सुटआउटका पाँचपाँच गोलसमेत गरेका थिए । सडेन डेथमा पहिलो गोल गर्न आएका म्यानचेस्टरका खेलाडीको प्रहारलाई सुटर्सक गोल रक्षकले बचाउ गर्न सफल भए । त्यस्तै सुटर्सका खेलाडीको प्रहार सीधै गोलपोस्ट छिरेपछि म्यानचेस्टर हार स्वीकार गर्न बाध्य भयो ।
बिहीबार नै भएको अर्को क्वार्टरफाइनलमा माउन्ट भ्यालीले रायमाझी फुटबल क्लवलाई १–० गोलले हरायो । एन्फाको ए डिभिजन खेल्ने तीनजना विदेशी खेलाडीले सुसज्जित माउन्ट भ्यालीका लागि ब्यासरी कजिमले गरेको एकमात्रै गोल निर्णायक सावित भएको थियो ।
त्यस्तै अर्को क्वार्टरफाइनलमा प्लानिङ ब्वाइजले पद्म ज्याति ईआर ब्वाइजलाई १–० गोलले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको छ । प्लानिङ ब्वाइजको लागि खेलको ३३ औं मिनेटमा अमित लामाले गोल गरेका थिए ।
यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर ब्रिगेडलाई ०–२ गोलले हराउँदै शिव शिखर बीडीएफसीए अन्तिम चारमा पुग्न सफल भएको छ । बीडीएफसीएले एन्फाको ए डिभिजन फुटबल खेल्ने चारजना विदेशी खेलाडी मैदानमा उतारेको थियो । बिहीबार भएको खेलमा पनि चारमध्ये दुई विदेशी खेलाडीहरु मान्सा र फुफोनाले एकएक गोल गरेका थिए ।
काठमाडौं उपत्यका र काभ्रेका गरी २४ टीमको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत शुक्रबार दुई सेमिफाइनलका खेल हुने म्याच कमिस्नर अनिल सुकुपायोले जानकारी दिए ।
उनका अनुुसार पहिलो खेल प्लानिङ ब्वाइज र बीडीएफसीए तथा दोस्रो खेलका माउन्ट भ्याली र आयोजक सुटर्सबीच हुनेछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!