Connect with us

SPORTS

जेम्स र डीएभीको जीत

Published

on

विद्यालयस्तरीय प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा बुधबार जेम्सविरुद्ध व्याटिङ गर्दै ग्यालेक्सीका व्याट्सम्यान । तस्बिर : ईश्वरकाजी खाइजू

जेम्सका आइसद्वारा सतक प्रहार

भक्तपुर । भक्तपुरमा जारी विद्यालयस्तरीय बा¥हौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा जेम्स स्कुलका व्याट्सम्यान आइस भट्टराईले एकसय एक रन बनाउँदै सतक पूरा गरेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार आइसले ग्यालेक्सीविरुद्ध सतक प्रहार गरेका हुन् ।
उनको सतक प्रहारसँगै जेम्सले ग्यालेक्सीलाई ४५ रनले हराएको छ । बुधबारको जीतसँगै जेम्सको क्वार्टरफाइनल पुग्ने सम्भावना बढेको छ । मंगलबार भएको पहिलो खेलमा समेत जीत निकालेको जेम्स स्कुल रहेको समूह डीमा पाँच स्कुल रहेका छन् ।
उक्त खेलमा टस हारेर व्याटिङमा ओर्लेको जेम्सले २० ओभरमा ६ विकेट गुमाएर एकसय ५१ रनको योगफल तयार गरेको थियो । जसमा उक्त खेलका म्यान अफ द म्याच बन्न सफल आइसले ७४ बलको सामना गरेर १३ चौका प्रहार गर्दै एकसय एक रन जोडे ।
त्यस्तै सुजल ओलीले १६ रनको योगदान गरे । अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ ग्यालेक्सीका हृदय गिरीले दुई र असिम केसी तथा दावा शेर्पाले एकएक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको ग्यालेक्सी २० ओभरमा एकसय ६ रनमै अल आउट भए । उसको लागि दावा शेर्पाले २६, प्रतीक शाहले १३ र हृदय गिरीले १२ रनको योगदान दिए ।
बलिङतर्फ जेम्सका अर्पण अधिकारीले दुई र शुभम बस्नेत र आयुष उपाध्यायले एकएक विकेट लिए ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा डीएभीले ज्ञान निकेतन स्कुललाई नौ विकेटले हराएको छ ।
टस जितेर व्याटिङमा ओर्लेको ज्ञान निकेतनले १२.१ ओभरमा अल आउट हुँदै ३५ रनमात्रै जोडेको थियो । उसका कुनै पनि व्याट्सम्यानले दुई अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ भने डीएभीका सौरभ श्रेष्ठले पाँच रनको क्षतिमा तीन विकेट झारे । सौरभ उक्त खेलको म्यान अफ द म्याच घोषित हुने सफल भए । अर्पित खेतानले पनि सात रन दिएर अर्को तीन विकेट झारे । दुई विकेट भने आशिष शाहले लिए ।
जवाफी व्याटिङमा आएको डीएभीले ४.२ ओभरमै एकमात्रै विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । उसको लागि रोनक गोयल र मोहम्मद समीर अन्सारीले नटआउट क्रमशः १२ र ६ रनको योगदान दिए ।
बलिङतर्फ डीएभीका विकास रावलले मात्रै एक विकेट लिन सफल भए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका १७ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
सैनिक महाविद्यालयका खेलकुद इन्चार्ज रञ्जित राणाका अनुसार बिहीबार पहिलो खेल हर्टल्याण्ड र त्रियोग तथा दोस्रो खेल राजन मेमोरियल र सेन्ट जेभियर्सबीच हुनेछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!