Connect with us

SPORTS

ईआर, प्लानिङ ब्वाइज, बीडीएफसीए र सशस्त्र प्रहरी क्वार्टरमा

Published

on

दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार बल अघि बढाउँदै बनेपा ब्वाइज क्लवका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । ईआर ब्वाइज, प्लानिङ ब्वाइज, भक्तपुर जिल्ला फुटबल क्लव एसोसिएसन (बीडीएफसीए) र सशस्त्र प्रहरीको ९ नम्बर ब्रिगेड भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् ।
भक्तपुरको माहेश्वरी खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा पद्म ज्योति ईआर ब्वाइजले नंखेल युथ क्लवलाई २–० गोलले हराएको हो ।
उक्त खेलमा ईआरको लागि विकेश सुवाल र निरोज थापाले एकएक गोल गरेका थिए ।
सुटर्स फुटसलको आयोजनामा भएको प्रतियोगिताअन्तर्गतको अर्को खेलमा काठमाडौंको प्लानिङ ब्वाइजले ललितपुरको बुङमतीस्थित लक्की स्टारलाई २–० गोलले नै पन्छायो । सुनिल लामाको दुई गोलको मद्दतमा विजेता प्लानिङ ब्वाइज क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।
त्यस्तै तेस्रो प्रि–क्वार्टरफाइनल खेलमा भक्तपुरको शिव शिखर बीडीएफसीएले काभ्रेको बनेपास्थित बनेपा ब्वाइज क्लवलाई ४–१ गोलले हरायो । विजेता बीडीएफसीएको लागि दिकेश खड्गीले एक, विदेशी खेलाडी मान्साले दुई र रमेश घिसिङले एक गोल गरे ।
बनेपा ब्वाइजको लागि क्रिटिश छुँजूले सान्त्वना एक गोल गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको ९ नम्बर ब्रिगेडले भक्तपुरको भक्तपुर युथ ट्रेनिङ सेन्टरलाई २–१ गोलले पन्छायो । सशस्त्र प्रहरीको लागि मानबहादुर रानामगर र रामचन्द्र डंगोलले एकएक गोल गरेका थिए ।
त्यस्तै ट्रेनिङ सेन्टरका लागि जिन्लप तामाङले एक गोल फर्काए । सेन्टरले अन्तिम चार मिनेट बाँकी छँदा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा नतिजा सशस्त्र प्रहरीलाई सुम्पन बाध्य भएको थियो ।
काठमाडौं उपत्यकासँगै काभ्रेका २४ टीम सहभागी प्रतियोगितामा बुधबार प्रि–क्वार्टरफाइनलका बाँकी चार खेल हुने प्रतियोगिता संयोजक किशोर धुकुछुले जानकारी दिए ।
प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उक्त नगद पुरस्कार निक भुजिकिक हाउजिङ प्रालिले प्रायोजन गरेको उनले बताए । त्यस्तै उपविजेताले भने ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । उक्त पुरस्कार हारती माता डेभलपर्स प्रालिले प्रयोजन गरेको सुटर्स फुटसलका अध्यक्ष रमेश सुवालले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!