Connect with us

SPORTS

दोस्रो सुटर्स कप फुटबल सुरु

Published

on

दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भिड्दै ईआर ब्वाइज र अलस्टारका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । ईआर ब्वाइज र भक्तपुर जिल्ला फुटबल क्लव एसोसियसन (बीडीएफसीए) भक्तपुरमा आइतबारदेखि सुरु भएको दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेका छन् ।
सुटर्स फुटसलद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा भक्तपुरको ईआर ब्वाइजले काठमाडौंको साँखुस्थित अलस्टारलाई ४–१ गोलले पन्छाएको हो ।
ईआरको लागि विकेश सुवालले ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको तेस्रो मिनेटमै गोल गर्दै ईआरलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १८ औं र ३६ औं मिनेटमा दुई गोल थपे । सुरज सुवालले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गरे । विजेता ईआरलाई पद्म ज्योति समूहले प्रयोजन गरेको छ ।
अलस्टारको लागि राम तामाङले खेलको ३९ औं मिनेटमा सान्त्वना गोल गरे ।
त्यस्तै बीडीएफसीएले काठमाडौंको कोटेश्वरस्थित च्याम्पियन ब्याइजलाई पेनाल्टी सुटआउटको सडेन डेथमा हराएको छ । ७० मिनेटको निर्धारित समयमा दुवै टीम गोलरहित बराबरीमा रहे । खेलको अन्तिम ३ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा नतिजा नै बीडीएफसीएलाई सुम्पनमा च्याम्पियन बाध्य भएको थियो । च्याम्पियनका खेलाडीले गोलपोस्टमा हानेको बल ह्यान्ड भएपछि बीडीएफसीएका खेलाडीले रातो कार्ड पाएसँगै च्याम्पियनले पेनाल्टी पाएको थियो ।
पेनाल्टी सुटआउटमा दुवै टीमबाट चारचार गोल भएको थियो । आठपटकसम्म पेनाल्टी हान्न लगाउँदा पनि बराबरी भएको थियो । नवौं पेनाल्टी हान्न आएका च्याम्पियनका खेलाडीको बललाई छेक्न सफल भएपछि बीडीएफसीएले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।
विजेता बीडीएफसीएलाई शिव शिखर कृषि सहकारीले प्रयोजन गरेको छ ।
त्यस्तै सशस्त्र प्रहरी बलको काठमाडांै बलम्बुस्थित ९ नम्बर बिग्रेडले भक्तपुरको काञ्जिरोवा क्लवलाई १(० गोलले पन्छाएको छ । विजेता सशस्त्रको लागि खेलको ६५ आंै मिनेटमा मीनपुस्कर तिमिल्सिनाले एकमात्र निर्णायक गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आइतबार काभ्रेको पनौतीस्थित पनौती युनाइटेडबाट बाई पाएर प्लानिङ ब्वाइज सीधै प्रि–क्वार्टरफाइनल पुग्न सफल भएको छ ।

विजेतालाई एकलाख पुरस्कार

प्रतियोगितामा भक्तपुर, काठमाडौं र काभ्रेका २४ फुटबल टीमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसँगै नगद एकलाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
आयोजक सुटर्स फुटसलका अध्यक्ष रमेश सुवालले हरेक खेलका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलकिपर, स्ट्राइकर, डिफेन्स र विन्गरलाई पुरस्कृत गरिने उनले बताए ।

खेल्दै ६ जना विदेशी खेलाडी

प्रतियोगिताअन्तर्गत ६ जना विदेशी खेलाडी मैदानमा उत्रिने भएका छन् । आइतबारको खेल जित्न सफल बीडीएफसीएबाटै चार जना विदेशी खेलाडी मैदान उत्रिएका छन् । उक्त टीमबाट नाइजेरियाका सोला र नाना, गिनीका मोन्सो तथा आइभरी कोस्टका फुफोना मैदान उत्रिएका हुन् ।
त्यस्तै आयोजक सुटर्सले पनि दुईजना विदेशी खेलाडीलाई मैदानमा उतार्ने तयारी गरेको प्रतियोगिताका संयोजक किशोर धुकुछुले जानकारी दिए ।
प्रतियोगिताको आइतबार एक कार्यक्रमबीच नगर खेलकुद समिति भक्तपुरका पूर्वसंयोजक रवीन्द्र खर्बुजाले उद्घाटन गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!