Connect with us

SPORTS

भक्तपुरमा राष्ट्रिय महिला आमन्त्रण कबड्डी सुरु

Published

on

कैलालीका रेडरलाई समाउँदै नेपाल प्रहरीका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा बुधबारदेखि सुरु भएको राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगितामा विभागीय टोलीहरु हावी भएका छन् । देशभरका ६ वटा टीमको सहभागिता रहेको प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी समान ४÷४ अंकका साथ अग्रस्थानमा रहेका हुन् ।
भक्तपुर नगरपालिका ४ वडा खेलकुद समितिले सुपर लिगको आधारमा खेलाएको उक्त प्रतियोगितामा बुधबार नेपाल प्रहरीले कैलाली र काठमाडौंको महिला टीमलाई पछारेको छ । प्रहरीले कैलालीलाई ६७–१७ अंक र काठमाडौंलाई ४५–१६ अंकले हराएको हो ।
त्यस्तै सशस्त्र प्रहरीले काठमाडौंलाई ४७–२८ र भक्तपुरलाई ३९–२६ अंकले पछारेको हो ।
बुधबार प्रत्येक टीमले दुईदुई खेल खेलेका छन् । जसअनुसार भक्तपुर र कैलालीले एकएक खेल जीतेर दुईदुई अंक पाएका छन् । भक्तपुर र कैलालीले नवलपरासीलाई पछारेका हुन् ।
आयोजक समितिका अध्यक्ष एवं राष्ट्रिय प्रशिक्षक पशुपति प्रजापतिले प्रतियोगितामा जीत हासिल गरे दुई अंक र बराबरी भए एकएक अंक बाँड्ने नियम बनाइएको जानकारी दिए ।
उनले उक्त प्रतियोगिता नेपाली कबड्डी इतिहासमै सुपरलिगको आधारमा खेलाइएको र सर्वाधिक राशी पुरस्कार भएको पहिलो भएको दावी गरे । उनका अनुसार विजेताले ५० हजार हात पार्दा उपविजेताले ३० हजार रुपैयाँ जित्नेछन् ।
त्यस्तै प्रत्येक खेलका उत्कृष्ट रेडर र उत्कृष्ट क्याचरलाई दुईदुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
उनले सुपर लिगबाट सर्वाधिक बढी अंक ल्याउने दुई टीमबीच पुनः प्रतिस्पर्धा गराएर विजेता र उपविजेता छानिने जानकारी दिए ।

पाँचजना अन्तर्राष्ट्रिय खेलाडी

प्रतियोगितामा नेपालका पाँचजना अन्तर्राष्ट्रिय महिला कबड्डी खेलाडीहरु सहभागी भएका छन् । नेपाल प्रहरीको टीममा सर्वाधिक तीन जना अन्तर्राष्ट्रिय खेलाडी छन् । प्रहरीबाट नीतु गुरुङ, हरिना थापा र कलावती ऐरले स्पर्धा गरिरहेका छन् ।
त्यस्तै भक्तपुरबाट सुदेशना प्रजापति र सशस्त्र प्रहरीबाट सम्झना तामाङले स्पर्धा गरिरहेका छन् ।
बुधबार एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!