Connect with us

SPORTS

महिलालाई आत्मरक्षासम्बन्धी तालिम

Published

on

महिलालाई आत्मरक्षा गर्ने विधि सिकाउँदै नेपाल सेल्फ डिफेन्स एसोसियसनका प्रशिक्षक । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी दुईदिने तालिम दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा नेपाल सेल्फ डिफेन्स एसोसियसनले भक्तपुरका दुई दर्जन बढी महिलालाई आत्मरक्षासम्बन्धी दुई दिने तालिम दिएको हो ।
भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानको सहयोगमा भएको तालिममा एसोसियसनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनको नेतृत्वको टोलीले सहजीकरण गरेको थियो । जसमा महर्जनको टोलीमा एसोसियसनका प्रशिक्षकहरु पद्मा खयरगोली, राधिका ऐर हमाल, रोजिना लोहला र रवीन्द्र श्रेष्ठ रहेका थिए ।
उनीहरुले महिलाले सार्वजनिक सवारीसाधन, कार्यालयलगायतका क्षेत्रमा हुनसक्ने महिला हिंसाका क्रममा आत्मरक्षा गर्ने विधिबारे प्रदर्शन गर्दै सीप सिकाएका थिए ।
तालिममा विनाहातहतियार हात खुट्टाको मद्दतमा बलभन्दा बुद्धिको प्रयोग गरी आफूमाथि हुने हिंसा र हमलाको प्रतिकार गरी सुरक्षित हुने विधिबारे सीप र ज्ञान दिइएको मुख्य प्रशिक्षक महर्जनले बताइन् ।
आत्मविश्वासको कमीले गर्दा महिलाहरु हिंसा, बलात्कारदेखि अपहरणसम्म हुने घटना बढेकाले महिलाहरुमा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने विधि सिकाउन एसोसियसनले देशव्यापी अभियान नै सञ्चालन गरेको उनले सुनाइन् ।


उनका अनुसार भक्तपुरअघि काठमाडौं, ललितपुर, काभ्रे, बाँके, कैलाली र कञ्चनपुर उक्त तालिम सम्पन्न गरिएको छ । माघ १० गतेभित्र बाँकी १२ जिल्लामा उक्त तालिम सञ्चालन गरिने प्रशिक्षक पद्मा खयरगोलीले जानकारी दिइन् ।
उनका अनुसार चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही, दाङ, कास्की, पर्सा, मोरङ, सुनसरी, झापामा तालिम सञ्चालन हुनेछन् ।
एसोसियसनका अध्यक्ष डीबी रानापालले एसोसियसनले विशेषतः विद्यालय तहका बालिकालाई खेल क्षेत्रमा सहभागी गराउन पैरवी गर्दै आएको बताए । विद्यालय तहमै कुनै न कुनै खेलमा सहभागी भए ती बालिका आत्मरक्षा गर्न
सक्षम हुने उनको भनाइ थियो ।
‘एसोसियसनले विद्यालय विद्यालयमा गएर बालबालिकालाई निःशुल्क रुपमा आत्मरक्षाको सीप र ज्ञान दिँदै आएका छौं’, अध्यक्ष रानापालले भने, ‘यसले बालबालिकामा आत्मरक्षासँगै खेलकुदमा आकर्षण बढेको छ ।’

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!