Connect with us

SPORTS

नेपाल समूह विजेता बन्दै साफको सेमिफाइनलमा

Published

on

काठमाडौं । साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा घरेलु मैदानमा बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुग्न सफल भएको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालको लागि विमल घर्तीमगर र नवयुग श्रेष्ठले एकएक गोल गरेका हुन् । यो जीतसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह चरणको अन्तिम खेलको ३३ औं मिनेटमा विमल घर्तीमगरले सुन्दर गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । नेपाली खेलाडी सुनिल बललाई बंगलादेशका वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमार्फत विमलले गोल गरेका थिए । उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा एक गोल गरेका थिए । विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो ।

नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो । तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडि भएपछि समूह विजेता भएको थियोे ।

दोस्रो हाफको ८० औं मिनेटमा विमलले फेरि बल पोस्टभित्र छिराए पनि लाइन्सम्यानले झन्डा उठाएपछि रेफ्रीले उक्त गोल अफसाइड घोषित गरे । नेपालले खेलको अन्तिम समयमा सुनिल बलको थ्रु पासमा नवयुग श्रेष्ठले दोस्रो गोल गर्दै जित पक्का गरे ।
यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । पाकिस्तान र बंगलादेशको पनि समान ६–६ अंक भए पनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्न सफल भएको छ । नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो । तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडि भएपछि समूह विजेता भएको थियोे ।
सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन ।
पाकिस्तानले भूटानमाथि ३–० को जीत निकालेपछि नेपालमाथि बंगलादेशलाई जित्नैपर्ने दबाब गियो ।
बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो । बिहीबार भएको दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भूटानलाई ४–० गोलले पराजित गर्दै तीन अंक जोडेको थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!