Connect with us

SPECIAL

बाढी पहिरोले भक्तपुरमा करिब १४ करोडको क्षति

Published

on

भक्तपुर । गएको बुधबारको अबिरल वर्षाको कारण आएको बाढी पहिरोले भक्तपुरमा १३ करोड ९३ लाख ५० हजार एकसय २५ रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आइतबार पत्रकार सम्मेलन गरी भक्तपुरका चार नपाले बुझाएको प्रारम्भिक विवरणअनुसार उक्त रकम बराबरको क्षति भएको जानकारी दिएका हुन् ।
पहिरोले भक्तपुरमा एकै परिवारका तीन जनाको ज्यान लिएको थियो । चाँगुनारायण नपा ७ वागेश्वरीमा गएको पहिलोले घर पुरिँदा बुद्ध लामामा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया आमा पानमाया लामा र ३१ महिनाकी छोरी सम्पदाको ज्यान गएको थियो ।
पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार यहाँका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमी नगरपालिकामा क्षति भएको छ । यहाँ ६ करोड ९५ लाख १० हजार दुई पचास रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।
हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर थिमी नपाको धेरै क्षेत्र डुबानमा परेको थियो । मध्यपुर थिमीमा पनि सबैभन्दा बढी किराना तथा होलसेल पसलतर्फ बढी क्षति पुगेको थियो । यस क्षेत्रमा तीन करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको क्षति पुगेको नपाले बुझाएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।
त्यस्तै उद्योग, कलकारखाना तथा पेट्रोल पम्पतर्फ एक करोड ७९ लाख १५ हजार एकसय २५ रुपैयाँ र डुबान परेका घरटहरातर्फ एक करोड ३२ लाख ७५ हजार एकसय २५ रुपैयाँ बराबरको क्षति भएको छ ।
मध्यपुर थिमी नपामा क्षेत्रमा एक लाख ९० हजार रुपैयाँ बराबरको चौपाया तथा पंक्षी क्षति भएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी भट्ट बताउँछन् ।
उनका अनुसार मध्यपुर थिमी नपापछि भक्तपुर नगरपालिकामा बढी क्षति पु¥याएको छ । यहाँ तीन करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति पुगेको हो ।
भक्तपुरमा स्वास्थ्य क्षेत्रतर्फ सबैभन्दा बढी क्षति पुगेको भक्तपुर नपाले बुझाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर नगर क्षेत्रका दुई अस्पताल सिद्धि स्मृति महिला तथा बालबालिका र डा. इवामुरा मेमोरियल अस्पताल डुबाएको थियो । डुबानको कारण यी दुई अस्पतालमा तीन करोड ४० लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।
त्यस्तै भक्तपुर नगर क्षेत्रका उद्योग, कलकारखानातर्फ एक लाख ४५ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
हनुमन्ते खोलामा आएको बाढीकै कारण सूर्यविनायक नपामा दुई करोड ७० लाख ९१ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । सूर्यविनायक नपामा बाढीले उद्योग तथा कलकारखानामा बढी क्षति पु¥याएको छ । यस क्षेत्रमा दुई करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जिल्ला विपद व्यवस्थापन समितिमा बुझाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै किराना तथा होलसेल पसलतर्फ ३७ लाख ६० हजार, अन्नबालीतर्फ १५ लाख १५ हजार, पशुपंक्षीतर्फ आठ लाख १६ हजार र विद्यालयतर्फ तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
डुबानका क्रममा सूर्यविनायक नपामा चार जना सर्वसाधारण घाइते भएका थिए ।
चाँगुनारायण नपामा भने बाढीको कारण सबैभन्दा कम क्षति पुगेको छ । यहाँ बाढीले जम्मा २३ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । यहाँ सबैभन्दा बढी किराना तथा होलसेल पसलतर्फ सबैभन्दा बढी १६ लाख ४३ हजार र उद्योग तथा कलकारखानातर्फ ६ लाख ३५ हजार र पशुपंक्षीतर्फ एक लाख २० हजार रुपैयाँ बराबरको क्षति पुगेको पाइएको छ ।
चाँगुनारायण नपामा पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको थियो । भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक नपामा पहिरोका कारण कुनै क्षति पुगेको प्रतिवेदनमा उल्लेख छैन ।
पहिरोले चाँगुनारायण नपामा तीनजनाले ज्यान गुमाएका थिए । त्यस्तै दुइटा पक्की घर र १३ वटा कच्ची घरमा पहिरोले असर गरेको नपाको प्रतिवेदनमा उल्लेख छ । ती घरमा अन्दाजी ५० लाख रुपैयाँको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भट्टले सबै नपाबाट प्रारम्भिक रिपोर्टमात्रै आएकाले थप क्षतिबारे अझै पूर्ण विवरण माग गरिएको जानकारी दिए ।
क्षतिको पूर्ण विवरण प्राप्त हुनासाथ सार्वजनिकसमेत गर्ने उनको भनाइ थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!