Connect with us

SPECIAL

भक्तपुरमा एकैपटक पाँच पसल सञ्चालनमा

Published

on

एआर समूहद्वारा सञ्चालनमा ल्याइएको पाँचवटा पसलको संयुक्त उद्घाटन गरिँदै ।

भक्तपुर । पछिल्लो समय भक्तपुरमा ‘चेन’ व्यवसाय फस्टाउन थालेको छ । यहाँ रेडिमेड तथा मिठाई पसलको ‘चेन’ व्यवसाय पहिलेदेखि चल्दै आएका छन् । यी व्यवसाय तुलनात्मक रुपमा अरु पसल व्यवसायभन्दा सफल पनि हुँदै आएका छन् । नामसँगै दाम पनि मिल्ने भएकाले पछिल्लो समय भक्तपुरमा ‘चेन’ व्यवसाय फस्टाउन थालेको हो । चेन व्यवसायले गर्दा आफ्ना ग्राहकलाई धेरैभन्दा धेरै सेवा दिन सकिने र ग्राहक पनि नबिच्कने भएकाले चेन व्यवसायमा आकर्षण बढेको हो ।
यहीं ‘चेन’ व्यवसायमा नयाँ व्यवसायिक समूह अगाडि आएको छ । एआर समूहले भक्तपुरमा एकैपटक पाँच पसल सञ्चालनमा ल्याएर यहाँको ‘चेन’ व्यवसायमा प्रवेश गरेको हो ।
उसले भक्तपुर नगरपालिका १ दूधपाटीमा मः मः एण्ड पिजा घर, कस्तुरी फेसियल एण्ड सैलुन, अस्री २.६ कलेक्सन, पटुका बुटिक र ०१०१ ट्याटु स्टुडियो सञ्चालनमा ल्याएको हो ।
मःमः एण्ड पिजा घरमा नेपाली अर्गानिक कफीसमेत पाइने समूहले बताएको छ । मःमः तथा पिजा अहिलेका युवायुवतीहरुको सर्वाधिक रोजाइको फास्टफुड हो । यी फास्टफुडहरु अनलाइनबाटै धेरै बिक्री वितरण हुन्छन् । त्यस्तै कफी खाने संस्कार पनि बढेको छ । कफी संस्कृतिलाई प्रवद्र्धन गर्न एआर समूहले भक्तपुरमा कफीसँगै मःमः र पिजा घर सञ्चालनमा ल्याएको दाव गरेको छ ।
करिब डेढ करोड लगानीमा ती चेन पसलहरु सञ्चालनमा ल्याएको एआर समूहकी सञ्चालिका अनु गिरी बताउँछिन् । उनले भक्तपुरमा रहेका चेन पसल तथा अन्य व्यवसायको अध्ययन गरेरमात्रै आफूहरु सार्वजनिक रुपमा अघि बढेको बताइन् ।
‘उपभोक्ताहरुको जीवनशैली तथा खानपानमा धेरै परिवर्तन आइसकेको छ’, उनले भनिन्, ‘त्यसैलाई सम्बोधन गर्न अहिलेको आवश्यकताहरु एकै ठाउँमा उपलब्ध गराउने गरी पाँच वटा फरकफरक पसल सञ्चालनमा ल्याएक हौं ।’
युवायुवतीहरुको चाहना र मागबमोजिम एआर समूहले भक्तपुरसँगै काठमाडौं, ललितपुर र काभ्रेमा आफ्नो चेन व्यवसाय विस्तार गर्ने समूहका अर्का सञ्चालक रविन अवालले सुनाए ।
उनले यसैवर्षभित्र भक्तपुरमा थप दुईवटा चेन पसल खुल्ने जानकारी दिए ।
‘यस वर्षमा भक्तपुरमा थप दुईवटा चेन पसल खोल्छौं’, सञ्चालक अवालले भने, ‘अबको दुई वर्षभित्र काठमाडौं, पाटन र बनेपामा गरी पाँचवटा चेन पसल सञ्चालनमा ल्याउने लक्ष्य छ ।’
उनले व्यवसायसँगै समूहको चेन पसललाई आवश्यक जनशक्तिसमेत आफैले तयार गर्ने सोच रहेको सुनाए ।
‘आजभोलि दक्ष जनशक्ति पाउन समस्या छ’, उनले भने, ‘त्यसैले दक्ष जनशक्ति तयार गर्न चेन व्यवसायसँगै तालिम केन्द्र सञ्चालन गर्ने हाम्रो सोच रहेको छ ।’
यसको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा प्रक्रिया अगाडि बढाइएको सञ्चालन अवाल बताउँछन् ।
हाल सञ्चालनमा आएका पाँचवटा पसलमा २१ जना युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, लायन्स क्लव अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखूले रिबन काटेर उद्घाटन गरेका थिए ।
एआर समूहका सञ्चालक अवाल पनि लायन्स क्लवमा आवद्ध छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!