Connect with us

SPECIAL

रोटरीले सूचना प्रविधि र नयाँ आविस्कारलाई दस लाख पुरस्कार दिने

Published

on

दस लाख रुपैयाँ राशीको रोटरी अवार्ड फर भोकेस्नल एक्सिलेन्सको आवेदन खुला भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी । तस्बिर : इन डेप्थ

काठमाडौं । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपालले प्रत्येक दुईदुई वर्षमा दिइने दस लाख रुपैयाँ राशीको रोटरी अवार्ड फर भोकेस्नल एक्सिलेन्सको आवेदन खुला भएको जनाएको छ ।
उसले बिहीबार पत्रकार सम्मेलन गरी उक्त अवार्डको लागि आवेदन खुला भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा क्लवका डिस्ट्रिक्ट गर्भनर चिन्तामणि भट्टराईले यस वर्ष सूचना प्रविधि (आईटी) र नयाँ आविस्कार (इनोभेसन) को क्षेत्रमा उक्त पुरस्कार दिने जानकारी दिए ।
उनका अनुसार गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेस्नल एक्सिलेन्स नामक उक्त पुरस्कार प्राप्त गर्न आउँदो मंसिर २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
आफ्नो पेसा र व्यवसायको माध्यमबाट राष्ट्रियस्तरमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्न उक्त पुरस्कारको व्यवस्था गरिएको उनी बताउँछन् ।
यो पुरस्कार यस वर्ष सूचना प्रविधि र नयाँ आविस्कारको क्षेत्रमा अनुकरणीय योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘काठमाडौंको थापाथलीस्थित डिस्ट्रिक्ट कार्यालय र देशभर रहेका रोटरी क्लवबाट आवेदन पाउन र बुझाउन सकिने व्यवस्था गरिएको छ ।’
पुरस्कार छनोट समितिका संयोजक दिवाकर राजकर्णिकारले देश र समाजमा थप योगदान पुग्ने विश्वासले पुरस्कारको व्यवस्था गरिएको बताए ।
उनले उक्त पुरस्कारलाई भविष्यमा दक्षिण एसिया र त्यसभन्दा बाहिर अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिने जानकारी दिए ।
सन् २०१० देखि प्रदान गर्न थालिएको यो पुरस्कारको यस वर्ष पाँचौं संस्करण हो । सन् २०१० मा पहिलोपटक काभ्रेको धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर डा. रामकण्ठ मकाजू श्रेष्ठले यो पुरस्कार पाउन सफल भएका थिए । त्यस्तै शिक्षा क्षेत्रमा विशेष योगदान गर्ने काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले सन् २०१२ को दोस्रो संस्करणको पुरस्कार पाएका थिए ।
सन् २०१४ मा भने कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका डा. सत्यमोहन जोशी र २०१६ मा समाज सेवामा अग्रणी श्रीमती इन्दिरा रानामगरलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!