Connect with us

SOCIAL

अपहरणपछि बालकको हत्या : अपहरणकारीको प्रहरी इन्काउन्टर (फोटो फिचर)

Published

on

अपहरणपछि मारिएका निशान खड्काको शव । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएारीहरुले आइतबार राती उनको हत्या गरेको पुष्टि भएको छ ।
प्रहरीले निशानको शव भक्तपुरको मध्5पहरणकारीहरुले आइतबार राती उनको हत्या गरेको पुष्टि भएको छ ।
प्रहरीले निशानको शव भक्तपुरको मध्यपुर थिमी नपा ७ नगदेशस्थित श्याम लवटको नयाँ घरको हातीपाइला राख्न खनेको खाल्डोमा निशान खड्कालाई पुरेको अवस्थामा सोमबार फेला पारेको हो ।
श्यामको नयाँ घर बन्दै गरेको नगदेशकै सिमकचा भन्ने ठाउँ एकान्त छ । चारैतिर खेतीबाली रहेको उक्त ठाउँमा श्यामको मात्रै नयाँ घर बन्दै गरेको थियो ।
डीपीसी सकाएर पिलर ठड्याएर पर्खाल लगाउने काम भइरहेको उनको घरको हात्तीपाइले राख्न खनेको ठाउँमा खाल्डो खनेर निशानको शव गाडेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।


भर्खर बन्दै गरेकाले जगको हात्तीपाइले राख्न खनिएको खाल्डोसमेत राम्ररी पुरिएको थिएन । सोही ठाउँमा अपहरणकारीहरुले हत्यापछि थप खाल्डो खनेर पुरेको अवस्थामा प्रहरीले निशानको शव निकालेको थियो ।
प्रहरीले खाल्डोबाट निकालिएको निशानको मुखमा कपडा कोचिएको थियो । घाँटीमा निलो गलबन्दी बेरिएको थियो । त्यस्तै घुँडा खुम्च्याएर तिघ्रामा सेतो टेपले बेरिएको अवस्थामा प्रहरीले निशानको शव झिकिएको थियो ।
प्रहरीले अपहरणमा परेका निशानको शव भेट्टाएसँगै भक्तपुरकै सूर्यविनायक नपा ८ सिपाडोलस्थित सूर्यविनायक जंगलमा दुई अपहरणकारीको इन्काउन्टर गरेको छ ।
निशान खड्काको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र कर्थली १ सिन्धुपाल्चोक बस्ने वर्ष २३ का अजय तामाङको इन्काउन्टर गरेको हो ।
प्रहरीले भाग्दै गरेकालाई पछ्याउने क्रममा सूर्यविनायक जंगलमा प्रहरीमाथि नै फायरिङ गरेपछि आत्मरक्षाको लागि जवाफी फायरिङ गर्ने क्रममा दुवै अपहरणकारी मारिएको दावी गरेको छ ।
घटनास्थलबाट प्रहरीले प्रहरीमाथि फायरिङ गरेको पेस्तोल र खोकासमेत बरामद भएको दावी गरेको छ । इन्काउन्टरको क्रममा प्रहरीले १८ राउन्ड गोली फायर गरेको जनाएको छ । प्रहरीले भागेका भनिएका गोपालमाथि १८ र अजयमाथि नौ राउन्ड गोली हानेको मुचुल्का उठाएको छ ।
इन्काउन्टर भएको ठाउँ हेर्दा पनि उनीहरु गलत दिशातिर भाग्न खोजेको देखिन्छ । सूर्यविनायक गणेश मन्दिरबाट डोलेश्वर मन्दिर तथा पाइलट बाबा आश्रम जाने बाटोको दक्षिण सूर्यविनायक जंगलमा इन्काउन्टर भएको छ । त्यहाँबाट भाग्ने ठाउँ कतै छैन । पानी परेको अवस्थामा त्यहाँबाट सिधै जंगलतिर जान सकिने अवस्था छैन ।
इन्काउन्टर भएको ठाउँ मानव बस्तीभन्दा केही सय मिटर माथि छ । त्यसको दुई सय मिटर तल सरकारी विद्यालय रहेको छ ।

प्रहरीका अनुसार निशानकी आमा चमेली र अपहरणकारी गोपालको राम्रै चिनजान थियो । गोपाल आफ्ना साथी लिएर चमेलीकै खाजा पसलमा खाजा आदि खाने गर्दै आएका थिए ।
सधैंजसो त्यहीं खाजा खाने भएकाले निशानका बुबा गणेश वैदेशिक रोजगारीको क्रममा मलेसिया रहेको गोपालहरुले थाहा पाएपछि मोटो रकम फिरौती माग्ने उद्देश्यले निशानको अपहरण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!