Connect with us

SOCIAL

लायन्स क्लवले दस हजारलाई खाना खुवाउने

Published

on

भक्तपुर । लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए२ ले नेपालका दस हजार गरिबलाई एक छाक खाना खुवाउने भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा करिब आठ करोड मानिस भोकभोकै सुत्छन् ।
सोही तथ्यांकका आधारमा लायन्स क्लव अफ इन्टरनेसनलले नै विश्वका भोकमरीमा रहेकालाई खाना खुवाउने नीति लिएको लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए२ ले जनाएको छ ।
लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए२ का गभर्नर सुदर्शनधर प्रधानाङल् इन्टरनेसनलको नीतिअनुसार नै नेपालमा पनि दस हजार भोकभरी पीडितलाई एक छाक खाना खुवाइने जानकारी दिएका हुन् ।
लायन्स क्लव अफ भक्तफुर गोल्डेन गेट, भादगाउँ, बागमती र भैरव गरी चारवटा क्लवको शनिबार भएको संयुक्त पदस्थापन कार्यक्रममा गभर्नर प्रधानाङले आफ्नो कार्यकालमा कम्तीमा दस हजार नेपालीलाई एक छाक खाना खुवाउने प्रवन्ध गर्न सम्पूर्ण लायन्स क्लव र तिनका सदस्यहरुलाई आग्रह गरे ।
‘नेपालका लायन्स क्लवहरुमा पाँचहजार बढी आवद्ध छौं’, गभर्नर प्रधानाङले भने, ‘त्यसैले हामीले सदस्य संख्याकै हाराहारीमा रगत संकलन गर्नुपर्छ ।’
उनले आफ्नो कार्यकालमा लायन्स क्लवले नेपालमा मधुमेह, वातावरण संरक्षण, आँखाको ज्योति फर्काउने, बालबालिका र क्यान्सर रोगको क्षेत्रमा काम गर्ने जानकारी दिए ।
त्यस्तै लायन्स क्लव अफ इन्टरनेसनल नेपालका मल्टिपल काउन्सिलका अध्यक्ष डीआर खनालले ‘हामी सेवा गर्छौं’ भन्ने लायन्स क्लवको मूलमन्त्रलाई सम्पूर्ण समुदायमा फैलाउनुपर्नेमा जोड दिए ।
मानवता पहिलो भन्ने लायन्स क्लवको अवधारणाअनुसार लायन्स क्लवमा बढीभन्दाब बढी व्यक्तिलाई आवद्ध गर्ने र सोहीअनुसार सेवा गर्ने कार्यमा लाग्न उनले जोड दिए ।

ह्याण्डराइटिङ विश्व च्याम्पियन प्रकृति सम्मानित

यसैबीच उक्त कार्यक्रममा ह्याण्डराइटिङ प्रतियोगिता २०१६ का विश्व विजेता नेपालकी विद्यार्थी प्रकृति मल्ल ठकुरीलाई सम्मान गरेका छन् ।
संयुक्त राज्य अमेरिकास्थित ह्याण्डराइटिङ फर ह्युमानिटीले आयोजना गरेको उक्त प्रतियोगितामा प्रकृति १६ वर्षमुनितर्फ प्रथम भई विश्व च्याम्पियन भएकी थिइन् ।
लायन्स क्लव अफ भक्तफुर गोल्डेन गेट, भादगाउँ, बागमती र भैरव गरी चारवटा क्वलले प्रकृतिलाई नगद ६ हजार ६ सय पुरस्कारसहित लायन्स क्लव सम्मान प्रदान गरेका हुन् ।
लायन्स क्लव अफ इन्टरनेसनल नेपालका मल्टिपल काउन्सिलका अध्यक्ष खनाल र लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए२ का गभर्नर प्रधानाङले प्रकृतिलाई नगद पुरस्कारसहित लायन्स क्लव सम्मान गरेका हुन् ।
धनकुटाको धनकुटा नपा १ स्थायी घर भएकी प्रकृति हाल भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् ।

चार क्लवमा नयाँ बोर्ड

उक्त अवसरमा चार वटा लायन्स क्लवका सन् २०१८÷१९ का लागि नवनिर्वाचित बोर्ड सदस्यहरुको सपथग्रहण तथा पदस्थापन गरिएको थियो । लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए२ का गभर्नर प्रधानाङले नवनिर्वाचित क्लव अध्यक्षसँगै बोर्ड सदस्यहरुलाई सपथसँगै उनीहरुलाई आआफ्नो काम, कर्तव्य र जिम्मेवारीबारे जानकारी दिएका थिए ।
शनिबार पदस्थापन गरेअनुसार लायन्स क्लव अफ भक्तपुर गोल्डेन गेटको अध्यक्ष रुपेश शिलाकार, सचिव रीचना दैवज्ञ र कोषाध्यक्ष राश्री कायस्थ रहेको ११ सदस्यीय बोर्ड गठन गरिएको छ ।
त्यस्तै लायन्स क्लव अफ भादगाउँको अध्यक्ष उत्तम थुसा, सचिव महेश मुनंकर्मी र कोषाध्यक्ष राजन अमात्य रहेको बोर्ड चुनिएको छ । यसैगरी रोमन शिलाकार अध्यक्ष, दीपेन धेके सचवि र प्रदीपचन्द्र जोशी कोषाध्यक्ष रहेको लायन्स क्लव अफ भक्तपर बागमतीको नयाँ बोर्ड गठन गरिएको छ ।
लायन्स क्लव अफ भक्तपुर भैरवको अध्यक्ष विजय हाछेंथु, सचिव विजेन्द्र पकवान र कोषाध्यक्ष किशोर पलिखेल रहेको नयाँ बोर्ड चुनिएको छ ।
त्यस्तै लियो क्लव अफ भक्तपुर गोल्डेन गेटमा समेत नयाँ बोर्ड आएको छ । जसको अध्यक्षमा उर्गेन शाक्य, सचिवमा रीया कायस्थ र कोषाध्यक्षमा रेसा शिल्पकार रहेका छन् ।
लियो क्लव अफ भक्तपुर गोल्डेन गेटका अध्यक्ष शाक्य उत्कृष्ट लियोसमेत घोषित भएका थिए । त्यस्तै लायन्स क्लव अफ भक्तपुर गोल्डेन गेटकै कृष्णसदन अवाल उत्कृष्ट लायन्स घोषित भए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!