Connect with us

SOCIAL

स्कुल बस दुर्घटना गराएर चालक फरार !

Published

on

घाइते विद्यार्थीहरुको उपचार गरिँदै ।

भक्तपुर । काठमाडौंको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कुलको बस दुर्घटना हुँदा ५९ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुका अनुसार विद्यार्थी बोकेर भक्तपुर आउने क्रममा मध्यपुर थिमी नगरपालिका वडा ९ बोडेस्थित नीलबाराहीमा बस पल्टिएको हो ।
बा १ क ९२५० नम्बरको बस दुर्घटना सडकबाट खेतमा पल्टँदा बसका चालक, सहचालक र ५७ जना विद्यार्थी घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये २४ जनाको मध्यपुर थिमी नपा गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा र बाँकीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

नागरिकमा उपचाररतमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रनाउ पोखरेलले बताए ।
उनका अनुसार बसका सहचालक २८ वर्षीय अनिल थापा, १४ वर्षीया शर्मिला बादी र चार वर्षीया प्रतिज्ञा श्रेष्ठको अवस्था गम्भीर रहेको छ । प्रतिज्ञालाई थप उपचारको लागि काठमाडौंको सिनामंगलस्थित केएमसी रिफर गरिएको उनले बताए ।
सहचालक थापाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
‘मध्यपुर अस्पतालमा उपचार भइरहेका ३५ जनाको अवस्था भने सामान्य रहेको छ’, प्रनाउ पोखरेलले भने ।
उनका अनुसार बसका चालक फरार छन् । दुर्घटना गराएर चालक भागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले बसका विद्यार्थीहरुको उद्धार गरेका थिए ।
घटना के कसरी भएको अहिलेसम्म नखेलेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!