Connect with us

SOCIAL

चाँगुनारायण अस्पताललाई ३ थान पेसेन्ट मनिटर सहयोग

Published

on

चाँगुनारायण नगरपालिका अस्पताललाई ३ थान पेसेन्ट मनिटरलगायत स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिँदै ।

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका अस्पताललाई ३ थान पेसेन्ट मनिटरसहित ४ लाख २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
जर्मनीस्थित चानसेन विल्डुङ इन नेपाल ईभीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
चानसेनका नेपाल प्रतिनिधि नरेशबहादुर धौबञ्जारले चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्रलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
चाँगुनारायण नपाद्वारा सञ्चालित अस्पताललाई कोरोना भाइरस संक्रमितहरुको उपचारमा सहज बनाउन उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल प्रतिनिधि धौबञ्जारले जानकारी दिए । उनका अनुसार पेसेन्ट मनिटरसहित २० थान पीपीई सेट, ५ सय थान मेडिकल पञ्जासमेत सहयोग गरिएको छ ।
उनका अनुसार चानसेनले सन् २०१५ देखि नेपालमा काम गर्दै आएको छ । सुरुमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको चानसेनले २०७२ सालको भूकम्पले क्षति पु-याएका भक्तपुर, सिन्धुपाल्चोक र नुवाकोटका ४ वटा स्कुल पुनर्निर्माणमा सहयोग गरेको नेपाल प्रतिनिधि धौबञ्जारले जानकारी दिए ।
चाँगुनारायण नपाले १५ शय्याको नगरपालिका अस्पताललाई अहिले कोभिड अस्पतालको रुपमा सञ्चालन गर्दै आएको छ । जसअनुसार १५ शय्यामध्ये ११ शय्या संक्रमितहरुको लागि व्यवस्थापन गरिएको अस्पतालका इन्चार्ज जनस्वास्थ्य निरीक्षक लोकेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरु डिस्चार्ज भएर अहिले अस्पतालमा ३ जना उपचाररत छन् । समुदायमै संक्रमण फैलिएकाले अहिले पनि संक्रमितहरुको संख्यामा कमी नआएको उनले बताए ।
अस्पतालमा करारमा नियुक्त भएका ३ जना चिकित्सकहरुले राजीनामा दिएपछि अहिले नयाँ दुईजना चिकित्सकले अस्पतालमा सेवा सुरु गरेका छन् । थप एकजना नियुक्ति हुने क्रममा रहेको इन्चार्ज पौडेलले जानकारी दिए ।
‘कोरोना भाइरस संक्रमणका कारण आकस्मिक र प्रसूति सेवा भने स्थगित गरेका छौं’, उनले भने, ‘सामान्य चेकजाँच भने भइरहेको छ । प्रयोगशाला, एक्सरे र कोरोना भाइरस संक्रमणको एन्टिजेन परीक्षण भने निरन्तर छ ।’

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!