Connect with us

SOCIAL

निषेधाज्ञाबीच सवारी दुर्घटना : स्कुटर चालकको मृत्यु

Published

on

भक्तपुर । कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापन गर्नको लागि निषेधाज्ञा जारी रहेकैबीच आइतबार राती भक्तपुरमा सवारी दुर्घटना भएको छ । टिपरले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार राति जिल्ला को सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक लु २ ख ४५८८ नम्बरको टिपरले बागमती प्रदेश ०२-०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका चालक सूर्यविनायक नपा ८ सिपाडोल जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका राजारामलाई उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो । इवामुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका आइतबार राती नै काठमाडौंको माइतीघरस्थित अन्नपूणर् न्युरो अस्पताल रिफर गरिएको थियो ।
त्यहीं उपचारकै क्रममा सोमबार बिहान सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
प्रहरीले घटना गराउने सवारीसाधन र टिपरका चालक लमजुङ्गको बेशीसहर गाउँपालिका ११ घर भई हाल काभ्रेको बनेपा नपा १३ साँगा बस्ने ३५ वर्षीय टार्जुन गुरुङलाई नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!