Connect with us

SOCIAL

बालिकामाथि चारदिनसम्म पटकपटक जबरजस्ती करणी !

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा १७ वर्षीय बालिकामाथि चारदिनसम्म पटकपटक जबरजस्ती करणी भएको छ ।
विभिन्न प्रभोलनसाथ विवाह गर्छु, घुम्न जाऔं भनी ती बालिकालाई गएको फागुन ११ गते उदयपुरबाट ल्याइएकोसमेत खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरले ती बालिकालाई फागुन ११ देखि १४ गतेसम्म पटकपटक जबरजस्ती करणी गर्ने सिराहाको धनगढी नगरपालिका ४ सन्तनगर घर भएका २७ वर्षीय दुर्गानन्द चौधरीलाई नियन्त्रणमा समेत लिएको बताएको छ ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले चौधरीले मध्यपुर थिमि नपा ३ कौशलटारस्थित डेरा कोठामा ल्याई पटकपटक जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएको जानकारी दिए ।
पीडित बालिकाको दिएको किटानी जाहेरीको आधारमा चौधरीलाई शुक्रबार मध्यपुर थिमि नपा ३ कै गट्ठाघरबाट नियन्त्रणमा लिएको उनले बताए ।
बालिकाले महानगरीय प्रहरी वृत्त ठिमीमा किटानी जाहेरी दिएकी थिइन् । ‘जोहरीकर्ता बालिकाले दुर्गानन्द चौधरीले विभिन्न प्रभोलनमा पारी विवाह गर्छु, घुम्न जाउँ भनी बोलाई उदयपुर गाईघाटबाट बसमा चढाई भक्तपुर कौशलटारस्थित डेराकोठामा ल्याई पटक–पटक जबरजस्ती करणी गरेको भनी महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा किटानी जाहेरी दिएकी छिन्’, प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘किटानी जाहेरीकै आधारमा फागुन २१ गते मध्यपुर थिमी नपा ३ गठ्ठाघरबाट दुर्गानन्द चौधरीलाई कानुनबमोजिम पक्राउ गरेका छौं ।’
चौधरीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!