Connect with us

SOCIAL

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

Avatar

Published

on

महानगरीय प्रहरी परिसर भक्तपुरले लागूऔषधसहित नियन्त्रणमा लिएका भारतीय नागरिक आनन्दराम चमार ।

भक्तपुर । भक्तपुर प्रहरीले भक्तपुर नगरपालिका १ सल्लाघारीबाट प्रतिबन्धित लागूऔषधसहित आइतबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सल्लाघारी पुगेको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका भारतको बेतिया जिल्लास्थित सिक्टा गाउँ १० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा चमारको साथबाट तीनतीनसय थान डाइजोपाम, नोर्फिन र फेनेरागन बरामद भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
चमारले उक्त लागूऔषध आफ्नो कम्मरमा बाँधेर लुकाईछिपाई राखेको भेटिएको परिसरका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार प्रहरीले पक्राउ गरेका चमारलाई आइतबार नै कानुनबमोजिम जिल्ला अदालत भक्तपुर पेस गरिएको छ । जसअनुसार अदालतबाट ७ दिनको म्याद थप अनुमति भई थप अनुसन्धान कार्य अगाडि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!