Connect with us

SOCIAL

टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Avatar

Published

on

Web Picture

भक्तपुर । टिपरको ठक्करबाट भक्तपुरमा शुक्रबार राती एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चोकबाट बाटो काट्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
बा ५ ख ४७९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ घर भएका ३५ वर्षीय बलराम तामाङको घटनास्थलमै मृत्यु भएको परिसरले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले टिपरको ठक्करबाट मृत्यु हुने तामाङ ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल बोर्डिङ स्कुलका बस चालक रहेको जानकारी दिए ।
भक्तपुरको सल्लाघारीबाट भक्तपुर–काठमाडौं ६ लेन सडक भई जगातीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट घाइते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरीले जनाएको छ ।
अस्पताल पु~याउँदा चिकित्सकले घाइते तामाङको मृत्यु भइसकेको जानकारी दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटना गराउने टिपर भक्तपुर–काठमाडौं ६ लेन सडकको डिभाइडरमा ठोक्किन पुगेको थियो । दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार टिपर तीव्र गतिमा थियो । घटनास्थलमा टिपरको ब्रेक लगाएको डाम देखिएको प्रहरीले जनाएको छ ।
‘तीव्र गतिमा गुडेको उक्त टिपर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दाखोज्दै ठक्कर दिई डिभाइडरमा ठोक्किन पुगेको देखिन्छ’, प्रहरी नायब उपरीक्षक गिरीले भने ।
उनका अनुसार दुर्घटना गराउने टिपर र टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नपा ११ घर भएका २९ वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!