Connect with us

SOCIAL

वासिङ मेसिनमा परी महिला कामदारको मृत्यु

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित चुनदेवीमा रहेको लाइभ स्टार कपडा वासिङ सेन्टरको वासिङ मेसिनमा परी एक महिला मजदुरको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दोलखाको भीमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीया कमला केसीको मृत्यु भएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा कमला अचानक वासिङ मेसिनभित्र घुम्ने फलामको रड परेको जानकारी दिए ।
वासिङ मेसिनमा परेर घाइते कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पु-याउँदा सम्बन्धित चिकित्सकले मृत्यु घोषणा गरेको उनले बताए ।
उनका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले कमलालाई वासिङ मेसिनमा परेर घाइते भई लडिरहेको अवस्थामा फेला पारेका थिए ।
प्रहरी नायब उपरीक्षक गिरीले कम्पनीका सञ्चालक पराजुलीले नै घाइते भई अचेत अवस्थामा फेला परेकी कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पठाएको भनी प्रहरीलाई जानकारी गराएको बताए । उक्त जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजेश थापाको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको उनले बताए ।
प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गरी प्रहरी टोली अस्पतालसमेत पुगेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार वासिङ मेसिनमा परी गम्भीर घाइते कमला अस्पताल पु-याउँदा नै मृत्यु भएको भन्ने सम्बन्धित चिकित्सकले जानकारी दिएका पाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!