Connect with us

SOCIAL

एनएपीएनको बागमती प्रदेश समिति गठन

Avatar

Published

on

राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालको नवगठित बागमती प्रदेश समितिका पदाधिकारी तथा महासंघमा केन्द्रीय प्रतिनिधि । तस्बिर : एनएपीएन

मकवानपुर । राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) को बागमती प्रदेश समिति गठन भएको छ ।
बागमती प्रदेशमा रहेका एचआईभी संक्रमितहरुले प्रतिनिधित्व गरेका समुदायमा आधारित संस्थाका अध्यक्षहरुको प्रदेश राजधानी हेटौंडामा भएको भेलाले उक्त प्रदेश समिति गठन गरेको हो ।
जसअनुसार बागमती प्रदेश समितिको अध्यक्षमा रविन तामाङ रहेका छन् । त्यस्तै उपाध्यक्षमा सुरज गिरी, सचिवमा सुरजविक्रम राणा र कोषाध्यक्षमा ईश्वर शाक्य रहेका छन् । सदस्यहरुमा राजु सुवेदी, चन्द्रा आचार्य र गोमा कार्की रहेका छन् ।
सरकारको संघीय संरचनाअनुसार महासंघलाई पनि संघीय ढाँचामा लाने उद्देश्यले पहिलो चरणमा बागमती प्रदेश समिति गठन गरिएको एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिए ।
उनले संस्थाअन्तर्गतका समुदायमा आधारित स्थानीय संस्थाहरुको सुदृढीकरणसँगै तिनीहरुलाई स्वायत्त र आत्मनिर्भर बनाउने अभ्यासअनुसार एनएपीएनलाई संघीय संरचनामा लगिएको स्पष्ट पारे ।
‘स्थानीय तहमा सक्रिय संस्थाहरुको आवश्यकतामा आधारित कार्ययोजना तथा बजेट व्यवस्थापन र त्यसको कार्यान्वयन तथा वकालतमा प्रदेश समितिको महत्वपूर्ण भूमिका रहने व्यवस्था गरेका छौं’, एनएपीएनका अध्यक्ष दिदियाले भने, ‘देशका बाँकी ६ प्रदेशमा पनि समिति गठन गर्दै जान्छौं ।’
बागमती प्रदेशको राजधानी हेटौंडामा भएको एचआईभी संक्रमितहरुको बागमतीस्तरीय भेलामा नवगठित प्रदेश समितिको आगामी रणनीति र कार्यक्रमगत योजनामा छलफल भएको अध्यक्ष तामाङले बताए ।
सोही रणनीति र कार्यक्रमगत योजनाको आधारमा समिति अघि बढ्ने उनले स्पष्ट पारे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!