Connect with us

SOCIAL

गणेशका एकसय ५० विद्यार्थीलाई न्यानो लुगा

Published

on

चाँगुनारायण नपा २ दुवाकोटस्थित गणेश आधारभूत विद्यालयका प्रअ नारायणप्रसाद प्रधानलाई न्यानो लुगा प्रदान गरिँदै । तस्बिर : इनडेप्थ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित गणेश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगाको रुपमा ज्याकेट वितरण गरिएको छ । कक्षा ८ सम्म अध्ययनरत करिब एकसय ५० विद्यार्थीहरुलाई भक्तपुरकै सूर्यविनायक नपास्थित लिभिङ कम्युनिटी संस्थाले उक्त ज्याकेट वितरण गरेको हो ।
विद्यालय प्रांगणमा बुधबार आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष रोहित ढकाल, समाजसेवी राजनकाजी त्वातीलगायतले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद प्रधानलाई उक्त ज्याकेट प्रदान गरेका थिए । त्यस्तै प्रअ प्रधानले कक्षागत शिक्षकलाई प्रदान गरेका थिए । कक्षागत शिक्षकले आआफ्ना विद्यार्थीहरुलाई उक्त ज्याकेट वितरण गरे । अहिलेको चिसो मौसममा न्यानो लुगा पाएर विद्यार्थीहरु हर्षित देखिएका थिए ।
लिभिङ कम्युनिटीका अध्यक्ष ढकालले विद्यालयमा नियमित हाजिर हुने एकसय ५० विद्यार्थीहरुको लागि उक्त ज्याकेटको व्यवस्था गरिएको जानकारी दिए ।
‘त्यस्तै अति विपन्न १२ विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप नगदसमेत उपलब्ध गराएका छौं’, उनले भने, ‘यस किसिमको सहयोगलाई वार्षिक रुपमा निरन्तरता दिने हाम्रो सोच रहेको छ ।’
उनले अघाएर खानेभन्दा पु¥याएर खाने र खुवाउने उद्देश्यसहित संस्थाले काम गर्दै आएकोसमेत सुनाए ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले विद्यार्थीहरु भविष्यका तारा भएकाले उनीहरुलाई समान रुपमा चम्कने अवसर दिनुपर्ने धारणा राखे ।
उनले विद्यार्थीहरुलाई ठूलो व्यक्तिभन्दा असल मानिस बन्नुपर्ने बताए ।
विद्यालयका प्रअ प्रधानले कोभिड १९ को कारण सबै विद्यार्थी विद्यालयमा उपस्थित हुन नसकिरहेको बताए । उनका अनुसार करिब २ सय विद्यार्थी भर्ना भए पनि एकसय ५० जना विद्यार्थीहरु नियमित विद्यालय आइरहेका छन् ।
तीन वर्षअघि कक्षा ८ को पढाइ सुरु गरिएकोमा आगामी दुई वर्षभित्र कक्षा १० सम्म पढाउने लक्ष्य रहेको उनले सुनाए ।
सरकारी विद्यालय भएर पनि अंग्रेजी माध्यमबाट पढाइ भइरहेको विद्यालयलाई चाँगुनारायण नपा क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यसहित काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम प्रधानले जानकारी दिए ।
चाँगुनारायण नपा वडा नं. २ का वडा सदस्यसमेत रहेका प्रधानले विद्यालयमा दुइटा नयाँ भवन निर्माण भएसँगै कक्षा १० सम्म सञ्चालन गर्न कुनै समस्या नभएको बताए ।

‘आगामी दुई वर्षभित्र विद्यालयमा छात्रावासको व्यवस्था गर्ने तयारी अघि बढाएका छौं’, अध्यक्ष प्रधानले भने, ‘अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका उत्कृष्ट शिक्षकहरु पनि व्यवस्था गर्नेछौं ।
अहिले विद्यालयमा सरकारी कोटाका १० शिक्षकशिक्षिका रहेका छन् । त्यस्तै विद्यालयले आफ्नै स्रोतबाट २ जना थप शिक्षकको व्यवस्था गरेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!