Connect with us

SOCIAL

प्यारेन्ट कुखुरा फार्ममा आगलागी

Avatar

Published

on

आगलागीले क्षतिग्रस्त दीपक गिरीको चाँगुनारायण नपा ८ सुडालको जीतपुरस्थित कुखुरा फार्म । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालको जीतपुरस्थित कुखुरा फार्ममा आगलागी भएको छ । आगलागीले करिब १५ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका अनुसार स्थानीय दीपक गिरीको प्यारेन्ट कुखुरा रहेको चाँगुनारायण कुखुरा फार्ममा गएराति आगलागी भएको थियो ।
फार्मको छाना छ्वालीले छाएको हुँदा आगो तीव्र बनेको प्रहरीले जनाएको छ । आगलागीले फार्ममा पालिएका २ हजार ७ सय प्यारेन्ट कुखुरा जलेर नष्ट भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार प्रहरी, स्थानीय वासिन्दाले करिब एक घन्टाभित्र आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । फार्ममा के कसरी आगो लाग्यो अहिलेसम्म खुल्न नसकेको भक्तपुर प्रहरीले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको बताए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!