Connect with us

SOCIAL

मोटरसाइकल चोरी गरी भाग्ने २ युवा पक्राउ

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलटारबाट मोटरसाइकल चोरी गरी भाग्ने दुई युवाले प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक नपा ६ सूर्यविनायक बस्ने १९ वर्षीय संगीत तामाङ र दोलखाकै सैलुङ गाउँपालिका २ घर भई हाल मध्यपुर थिमि नपा ३ गठ्ठाघर बस्ने १९ वर्षीय सलिन तामाङलाई पक्राउ गरिएको हो ।
उनीहरुले आइतबार बिहानै मध्यपुर थिमि नपा ३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३–०२–०१७ प ७६७७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेको परिसरले जनाएको छ । सिन्धुपाल्चोक बलेफी घर भई हाल गठ्ठाघर बस्ने ३० वर्षीय सागर तामाङले आफ्नो मोटरसाइकल चोरी भएको प्रहरीमा जाहेरी दिएका थिए ।
उक्त मोटरसाइकल चोरी भएको सूचनाको आधारमा भक्तपुर–काठाडौं ६ लेन सडकको कौशलटार चोकमा ड्युटी खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा संगीत तामाङले शंकास्पद व्यवहार देखाएका थिए । त्यसलगत्तै उनलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त ठिमी ल्याइएको थियो । वृत्तमा ल्याई अनुसन्धान गर्ने क्रममा संगीतले प्रदेश ३–०२–०१७ प ७६७७ नंम्बरको २२० सीसीको पल्सर मोटरसाइकल साथी सलिनको मिलेमतोमा चोरी गरेको स्वीकार गरेको परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
चोरीको मोटरसाइकल सलिनले लगेको भन्ने बयान दिएपछि ठिमी वृत्तबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले आइतबार कौशलटारबाट उक्त मोटरसाइकल बरामद गरिएको उनले बताए ।
उनका अनुसार मोटरसाइकल चोरीमा संलग्न संगीत र सलिनविरुद्ध चोरीको कसुरअनुसार थप अनुसन्धान तथा कारबाही भइरहेको छ । पछिल्लो समय भक्तपुरमा मोटरसाइकल चोरीको घटना बढ्ने थालेको प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!