Connect with us

SOCIAL

छोरी मारेको भन्दै आमाले दिइन् किटानी जाहेरी

Published

on

भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत मध्यपुर थिमि नपा ३ कौशलटारमा दुर्घटना भएको कार । तस्बिरहरु : महानगरीय प्रहरी परिसर भक्तपुर

कौशलटारमा कार दुर्घटना : एकको मृत्यु, ३ घाइते

भक्तपुर । भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा आइतबार बिहानै भएको सडक दुर्घटनामा परी छोरीको मृत्युविरुद्ध आमाले किटानी जाहेरी दिएकी छन् ।
उक्त दुर्घटनामा एक महिलाको मृत्यु हुँदा अरु तीन पुरुष घाइते भएका थिए ।
भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको बा ८ च ४७५६ नम्बरको कार आइतबार बिहानै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी काठमाडौंको काठमाडौं महानगरपालिका ४ धुम्बाराही पीपलबोट बस्ने ३० वर्षीया रीया श्रेष्ठको मृत्यु भएको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कारका चालक भक्तपुरको मध्यपुर थिमि नपा १ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की भने सामान्य घाइते भएका छन् । त्यस्तै कारको पछाडि सीटमा बस्ने मध्यपुर थिमि नपा ५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नपा ४ गाम्चा दधिकोट बस्ने २७ वर्षीय सुदीप थापा पनि सामान्य घाइते भएको परिसरले जनाएको छ ।
कारका चालक कार्कीसहित अन्य दुई जना भने सामान्य घाइते हुने तर रीयाको मात्रै मृत्यु भएपछि उनकी आमा सम्झना श्रेष्ठले महानगरीय प्रहरी वृत्त ठिमीमा चालक कार्कीविरुद्ध किटानी जोहरी दिएकी हुन् ।
जोहेरीमा आमा सम्झनाले घटनाको सूक्ष्म अनुसन्धान गरी यथार्थ बाहिर ल्याउन आग्रह गरेको भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।
उनले घटनाको अनुसन्धान अघि बढिसकेको बताइन् ।
घटनामा संलग्न चालक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । चालक कार्कीले कार तीव्र गतिमा रहेको बताएको प्रहरी उपरीक्षक थापाले बताइन् ।
‘कार ११०–११५ को स्पीडमा थियो’, चालक कार्कीले बयान उद्धृत गर्दै उनले भनिन्, ‘कौशलटार पुग्न लाग्दा गाईको बाच्छाले बाटो काटेकोले उसलाई बचाउन खोज्दा दुर्घटना भयो ।’
तीव्र गतिको कार अनियन्त्रित भएर सडकबीचको फलामे रेलिङ नाघेर अर्को साइडको लेनमा पल्टिन पुगेको थियो । दुर्घटनामा कारको एकापट्टि भाग पूर्ण क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा परी रीयाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक रीयालाई छाडेर चालक कार्कीसँगै तीनै जना भागेका थिए । पछि चालकसहित सबै प्रहरी सम्पर्कमा आएको प्रहरीले बताएको छ ।


महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटना भएको खबर प्राप्त हुनासाथ कौशलटारमा खटिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोली घटनास्थल पुगेका थिए । घटनास्थलमा कार पल्टिएर दुर्घटना भएको देखिएको र सडक किनारमा रीया अचेत अवस्थामा लडेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले रीयालाई तत्कालै उपचारार्थ मध्यपुर अस्पताल ठिमी पु-याएको थियो । तर अस्पतालका चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा आएका चालक कार्कीले आफूहरु रीयालाई घर पु-याउन कारमा जाँदै गरेको बयान दिएका छन् । उनले बताएअनुसार आफूले कार चलाएको र अगाडिको अर्को सीटमा रीया बसेकी थिइन् । गाडी पल्टिँदा रीया बसेको तर्फको ढोकाको खापा नै उछिटिट्एको छ । चालक कार्कीले घाइते देउजा र थापालाई राधेरोधबाट साथमा ल्याएको समेत बताएको भक्तपुर प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले चालक कार्की र मृतक रीयाबीच आपसी चिनजान रहेको थियो । उनीहरु नगरकोटमा गएर आएको र भक्तपुरको राधेराधे पुगेपछि चालक कार्कीले आफ्ना दुई साथी देउजा र थापालाई पिक गरेको ती प्रहरी अधिकारी बताउँछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!