Connect with us

SOCIAL

भक्तपुरमा कोरोना संक्रमित ५ हजार ५ सय नाघे

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ सय नाघेको छ । मंगलबार २९ थपिएसँगै भक्तपुरमा संक्रमितको संख्या ५ हजार ५ सय ५ पुगेको हो ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा मंगलबारसम्म भक्तपुरका संक्रिय संक्रमितको संख्या २ हजार एक सय २७ पुगेका छन् । जसमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिका बढी सक्रिय संक्रमित रहेका छन् ।
सोमबारसम्म सूर्यविनायकमा ७ सय १६ जना संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख कृष्ण मिजारले सूर्यविनायकपछि मध्यपुर थिमि नपामा ६ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुर नपामा ४ सय ३ र चाँगुनारायण नपामा एकसय ७९ जना सक्रिय संक्रमित रहेको उनले बताए ।

६४ जनाको मृत्यु

मंगलबारसम्म भक्तपुरका ६४ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । जसमा ४४ पुरुष र २४ महिला संक्रमित रहेका छन् ।
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपा १८ पुरुष र ११ महिला गरी २९ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै मध्यपुर थिमि नपाका १६ पुरुष र ६ महिला गरी २२ जना, सूर्यविनायक नपाका ७ पुरुष र ३ महिला तथा चाँगुनारायण नपाका ३ पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख मिजारले सोमबारसम्म भक्तपुरका ३ हजार ३ सय १४ संक्रमित डिस्चार्ज भएका छन् । जसमा एकहजार ८ सय ७२ पुरुष र एकहजार ४ सय ४२ महिला रहेको उनको भनाइ छ ।
उनका अनुसार मध्यपुर थिमि नपाका एकहजार २ सय १३ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै भक्तपुर नपाका ९ सय ५, सूर्यविनायक नपाका ८ सय ६१ र चाँगुनारायण नपाका ३ सय २९ जना संक्रमित डिस्चार्ज भएको प्रमुख मिजारले जानकारी दिए ।

एकहजार ७ सय ९ होम आइसोलेसनमा

सोमबारसम्म भक्तपुरका एक हजार ७ सय ९ जना होम आइसोलेसनमा रहेका छन् । जसअनुसार ९ सय ५६ पुरुष र ७ सय ५३ महिला होम आइसोलेसनमा रहेका हुन् ।
त्यस्तै ३ सय ८९ जना भने विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसनमा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार २ सय ३८ पुरुष र एकसय ५१ महिला अस्पतालको आइसोलेसनमा रहेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM