Connect with us

SOCIAL

मोटरसाइकल दुर्घटनामा घाइते कलवारको मृत्यु

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा बिहीबार भएको सवारी दुर्घटनामा घाइते शंकरप्रसाद कलवारको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ । उनी चढेको बा ६५ प ८८२९ नम्बरको मोटरसाइकल बिहीबार राती आफै अनियन्त्रित भई सडकको बीचमा रहेको ट्राफिक आइल्याण्डमा ठक्कर खाँदा घाइते भएका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रौटहट विजयपुर नपा ८ लक्ष्मीनिया बस्ने ३० वर्षीय कलवार भक्तपुरको जगातीबाट सल्लाघारीतर्फ मोटरसाइकलमा जाँदै थिए । घाइते कलवारलाई तत्काल उपचारको लागि भक्तपुर नपा १ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिहीबार राती नै उनलाई काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
न्यूरो अस्पतालमा उृपचार हुँदाहुँदा शुक्रबार उनको मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेको उनले बताए ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM