Connect with us

SOCIAL

ठिमी प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

Avatar

Published

on

अवैध घरेलु मदिरा नालीमा फ्याँकेर नष्ट गर्दै प्रहरी । तस्बिर : इनडेप्थ

भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमीले गएको साउनदेखि नियन्त्रणमा लिएको ३ सय ७० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
मध्यपुर थिमि नगरपालिका ६ नम्बर वडाका अध्यक्ष इन्द्रबहादुर प्रजापति तथा सञ्चारकर्मीहरुको रोहबरमा उक्त अवैध घरेलु मदिरा नालीमा फालेर नष्ट गरिएको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले गएको साउन १४ गतेदेखि असोज १० गतेसम्म पटकपटक गरी २ सय २० लिटर अवैध घरेलु मदिरा र एकसय ५० लिटर कच्चापदार्थ नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनका अनुसार चाँगुनारायण नपा १ रोका गाउँस्थित मोहन तामाङको टहरोबाट मदिरा बनाउने कच्चापदार्थ एकसय ५० लिटर, अवैध मदिरा ३० लिटर र मदिरा राख्ने विभिन्न क्षमताका ६ थान भाँडा र एउटा सिल्भरको फोसी नियन्त्रणमा लिइएको थियो ।
प्रहरी नायब उपरीक्षक कँडेलले अवैध मदिरासहित नियन्त्रणमा लिइएका व्यक्ति र सवारीसाधनलाई केही समय नियन्त्रणमा लिएर पुनः उक्त काम नगर्ने शर्तमा रिहा गरिएको जानकारी दिए ।
उनले दसैं नजिकिएसँगै जाँडरक्सी सेवन गरी समुदायमा झैझगडा हुन नदिन वृत्तले विशेष टोली खटाउँदै आएकोसमेत बताए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM