Connect with us

SOCIAL

भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण ५३ को मृत्यु

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा थप ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार ४ महिला र २ पुरुष गरी ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । यहाँका ३६ पुरुष र १७ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका १४ पुरुष र ८ महिला गरी २२ जना संक्रमितको मृत्यु भएको छ । यसपछि मध्यपुर थिमि नपाका १५ पुरुष र ५ महिला गरी २० जना संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।
त्यस्तै सूर्यविनायक नपाका ६ पुरुष र ४ महिला गरी १० जना तथा चाँगुनारायण नपाका एक पुरुष संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संक्रमणदर १.१३ प्रतिशत रहेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM