Connect with us

SOCIAL

भक्तपुरका ६० प्रतिशत संक्रमित लक्षणयुक्त

Avatar

Published

on

भक्तपुर । भक्तपुरका संक्रिय संक्रमितमध्ये ६०.५९ प्रतिशत अर्थात ९ सय ९२ जना लक्षणयुक्त रहेका छन् । भक्तपुरका ६ सय ३६ लक्षणयुक्त संक्रमितसमेत होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालय प्रमुख कृष्ण मिजारले भक्तपुरमा अस्पतालका समेत गरी ८ सय ७१ आइसोलेसन शय्या छन् । मंगलबारसम्म भने ती आइसोलेसनमा ३ सय १८ पुरुष र ६८ महिला गरी जम्मा ३ सय ८६ जना संक्रमित रहेको उनले बताए ।
त्यस्तै भक्तपुरका ३ वटा अस्पतालमा २० शय्याको आईसीयू रहेका छन् । जसमध्ये भक्तपुर अस्पतालको ६ वटा आईसीयूमा मात्रै संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार एकसय ३५ संक्रमित थप

यसैबीच बुधबार भक्तपुरमा एकसय ३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रायलले आफ्नो नियमित पत्रकार सम्मेलनमा भक्तपुरमा एकसय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको थियो ।
तर भक्तपुरमा एकसय ३५ जना संक्रमितको विवरण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
बुधबार भक्तपुरका चार नपामध्ये सूर्यविनायक नगरपालिकामा २५ पुरूष र २२ महिला गरी ४७ जना संक्रमित थपिए ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले भक्तपुर नगरपालिकाका १७ पुरूष र २३ महिला गरी ४० जनामा संक्रमण पुष्टि भएको बताइन् ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाका २१ पुरूष र ९ महिला गरी ३० जना तथा चाँगुनारायण नगरपालिकाका ६ पुरूष र २ महिला गरी ८ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।
उनका अनुसार १० जनासँग सम्पर्कको प्रयास भइरहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM