Connect with us

SOCIAL

भक्तपुरमा एकैदिन दुई संक्रमितको मृत्यु

Avatar

Published

on

फाइल तस्बिर

भक्तपुर । सोमबार एकैदिन भक्तपुरका दुई संक्रमित पुरुषको मृत्यु भएको छ । दुवै मध्यपुर थिमि नपाका रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार मध्यपुर थिमि नपा वडा नं. ७ का ८१ वर्षीय पुरुष र वडा नं. ५ का ७३ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
यससँगै कोरोना भाइरस संक्रमणको कारण भक्तपुरका ११ पुरुष र ५ महिला गरी १६ जनाको मृत्यु भएको छ । जसमध्ये मध्यपुर थिमिका मात्रै ७ पुरुष र ३ महिला गरी १० जना रहेका छन् ।
त्यस्तै सूर्यविनायक नपाका २ पुरुष र २ महिला गरी ४ जना तथा भक्तपुर नपाका २ पुरुषले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् ।
भक्तपुरमा अझै ६ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM